मनोज न्यौपाने

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?
माथिको वाक्यांश कविशिरोमणि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त कविताबाट लिइएका हुन्। यिनै हरफले ओकल्ने भावजस्तै बहिरहेको छ अभिनेता पुष्प खड्काको जीवनी।
दशकअघिको कुरा हो। दशरथ रंगशालामा फुटबल खेल हेर्न साथीहरूसँगै पुगेका थिए उनी। कलाकार, पत्रकारलगायतको मैत्रीपूर्ण खेल थियो। खेलाडीको ड्रेसमा यत्रतत्र छरिएका कलाकारलाई निजिकैबाट नियालिरहेका थिए उनी। उनको मन फुरुङ थियो किनकि रिलमा हेर्दै आएका सेलेब्रिटीलाई रियलमा देखिरहेका थिए।
संयोग नै त्यस्तो। महानायक राजेश हमाल, झरना थापालगायत कलाकार पनि केही पर उपस्थित भए। उनको मुटुको तेज बढ्यो। उनी निःशब्द भए।
अन्य कलाकर्मी देख्दा खासै वास्ता नभए पनि हमाल भन्नेबित्तिकै पुष्पको मस्तिष्क घुम्न थाल्यो। हेर्दाहेर्दै हमाल भएको ठाउँमा भिड बढ्दै गयो। नजिकबाट हमाललाई हेर्ने र छुने रहरले उनी भिड छिचोल्दै नजिकै पुगे।
कतिले अटोग्राफ लिन भ्याए। कतिले महानायक हमालसँग फोटो नै खिचाए। तर, अभिनेता पुष्पले महानायकलाई त्यो भिडमा पछाडिबाट छोएर मात्रै भए पनि चित्त बुझाए। महानायकलाई पछाडिबाट छुन मात्र पाउँदा पनि उनलाई संसार जितेजस्तै भयो।
रिलमा देखिरहने सेलेब्रिटी रियलमा देख्न पाउनु उनका लागि अवसर थियो। अनि थियो त, मनको एक कुनामा सफल कलाकार बन्ने सपना, अनि दृढ संकल्प।
त्यहीँ सपना आज विपनामा बद्लिएको छ। रंगशालाको प्याराफिटमा मध्यदिनको चर्को घामसँगै देखेको सपनाले अहिले उनको जीवनमा खुसी भरिदिएको छ।
पुष्पले कलाकार बनेरै राष्ट्रिय चलचित्र अवार्ड जिते। २०७४ सालको उत्कृष्ट अभिनेता हुँदै पुष्पले अवार्ड चुमेका छन्।
‘जीवनमा कहिलेकाही यस्ता खुसीका पल आउँदा रहेछन्, जसलाई कन्ट्रोल गर्न खोज्दा पनि सकिँदो रहेनछ,’ उनी सुनाउँछन्, ‘चलचित्र अवार्डले मलाई यस्तै महसुस गरायो। जीवनमा सर्वाधिक खुसी मिलेको क्षणमध्येको एउटा क्षण हो यो। खुला आँखाले देखेको सपना पूरा हुँदा साच्चै मन खुसीले भक्कानिँदो रहेछ।’ उनी यसअघि एसएलसी पास हुँदा खुब खुसी भएका थिए। करिअरका हिसाबमा फिल्म ‘दर्पणछाया–२’ मा तुलसी घिमिरेले लिड रोलमा डेब्यु गर्ने अवसर दिँदा औधि खुसी मिलेको उनलाई। अहिले अवार्डले खुसी दिलाएको छ।
उनी मुस्कुराउँदै भन्छन्, ‘अवार्डले करिअरमा झनै जिम्मेवारी बढाइएदिएको छ। तर, अवार्ड पाउनका लागि गरेका संघर्षका दिन र पारिवारिक परिस्थितिले कता–कता मन चिमोटिरहन्छ।’
कतिले महानायक हमालसँग फोटो नै खिचाए। तर, अभिनेता पुष्पले महानायकलाई त्यो भिडमा पछाडिबाट छोएर मात्रै भए पनि चित्त बुझाए। महानायकलाई पछाडिबाट छुन मात्र पाउँदा पनि उनलाई संसार जितेजस्तै भयो।
लन्किचुवा कैलालीमा जन्मिएका पुष्प तीन वर्षको उमेरमा बुवा आमासँग भारतको पुना पुगे। बुबाको रोजगारी उतै भएकाले कक्षा ६ सम्म पुष्पको पढाइ उतै भयो।
पुनः कैलाली फर्किए। गाउँबाटै एसएलसी उत्तीर्ण गरे। सानैबाट अत्यधिक फिल्म हेर्ने लतमा परेका पुष्प उति बेलैबाट अभिनयप्रति झुकाव राख्थे। तर अभिनय भने गर्दैनथे।
कैलालीमा बसेर विज्ञान विषयमा प्लस टु गरेका उनी त्यसपछि मात्र काठमाडौं प्रवेश गरेका थिए। त्यो बेलाको स्मरण गर्दै उनी भन्छन्, ‘मैले एसएलसी पास गरेर परिवार र आफन्तको लहैलहैमा लागेर साइन्स पढें। अहिले लाग्छ– पढेर ठिकै गरेछु। त्यसबेला मेरो संगत ठिक थिएन। पढ्नेको भन्दा भारत गएर रोजगार बन्नेको संख्या उल्लेख्य थियो गाउँमा। आज पनि अधिकांश साथीहरु भारतमै काम गरिरहेका छन्। म त भाग्यमानी रहेछु, राष्ट्रको कलाकार भएर हाँसीखुसी बाँचेको छु।’
०००
पुष्पले काठमाडौं आएर बिसिए भर्ना गरे। उनको पढाइ सुरुका वर्ष राम्रै थियो। बुबाआमाको सपना पनि त्यस्तै। छोराले राम्रो पढेर सरकारी जागिरमा नाम निकालोस्।
पुष्पले काठमाडौं आएर बिसिए भर्ना गरे। उनको पढाइ सुरुका वर्ष राम्रै थियो। बुबाआमाको सपना पनि त्यस्तै। छोराले राम्रो पढेर सरकारी जागिरमा नाम निकालोस्।
पुष्पमा भने सरकारी जागिरको मोह पटक्कै थिएन। उनी अध्ययन त गर्दै थिए तर, किन? आफैं निरुत्तर थिए। बच्चैदेखिको मोह थियो ‘हिरो’ बन्नु। उनलाई ‘हिरो’ शब्द थाहा थियो। तर, अभिनय, कलाकार, अभिनेत्री, अभिनेता उनकालागि सबै नौला थिए।
कैलालीमा प्लस टु पढ्दा यदाकदा भागेर डान्स क्लास गए पनि उनले आफ्नो रहर मेट्न सकेका थिएनन्। पछि बिसिए अध्ययनका क्रममा राष्ट्रिय नाचघरमा नृत्यको क्लास सुरू गरे। यहीँबाट सुरु भएको थियो उनको कलाकारिता यात्रा।
उनका बुबालाइ भने छोराको रोजाइ पटक्कै चित्त बुझ्दो थिएन। छोराले अभिनय यात्रा छनोट गरेको थाहा पाएपछि बाबुछोराको सम्बन्ध चिसियो। दुई वर्ष पुष्प र परिवारबीचको सम्पर्क टुट्यो। सम्झन्छन्, ‘बुवा मेरो छनोटप्रति पटक्कै सन्तुष्ट हुनुभएन, अति रुष्ट हुनुभो। सबै त भन्दिनँ तर हाम्रो दुई वर्षसम्म बोलचाल, भेटघाट केही भएन।’
यहीँबाट जीवनमा नयाँ अध्याय सुरु भयो। उनी नृत्यमा अब्बल थिए। बानेश्वरस्थित झरना कल्चर इन्स्टिच्युटमा डान्स सिकाउन सुरु गरे। जसोतसो आफ्नो खर्च जुटाउने ध्याउन्न हुन्थ्यो उनको। परिवारसँग आर्थिक सहयोगको अपेक्षा मनबाट हटाइदिए। अनि आफ्नै मेहनतले छाक टार्दै गए।
०००
सपना थियो ‘हिरो’ बन्ने। त्यही सपनाले उनलाई मनमा काउकुती लगाइरहन्थ्यो। तर, ‘हिरो’ बन्नका लागि गरिने प्रक्रियामा प्रायः उनी शून्य थिए। भन्छन्, ‘मनमा हिरोको भाइब्स छ तर, कसरी बन्ने हिरो केही थाहा छैन। त्यसैले साथी नरेन खड्का (हालका अभिनेता) सँग कलाकारहरू हेर्नकै लागि रंगशाला पुगेको थिएँ। त्यहीँ पहिलो पटक सेलेब्रिटी र उनीहरुको क्रेज महसुस गरे। राजेश दाइलाई पछाडिबाट भए पनि छुन पाएँ।’ उनी फिस्स हाँस्छन्।
सपना थियो ‘हिरो’ बन्ने। त्यही सपनाले उनलाई मनमा काउकुती लगाइरहन्थ्यो। तर, ‘हिरो’ बन्नका लागि गरिने प्रक्रियामा प्रायः उनी शून्य थिए। भन्छन्, ‘मनमा हिरोको भाइब्स छ तर, कसरी बन्ने हिरो केही थाहा छैन। त्यसैले साथी नरेन खड्का (हालका अभिनेता) सँग कलाकारहरू हेर्नकै लागि रंगशाला पुगेको थिएँ। त्यहीँ पहिलो पटक सेलेब्रिटी र उनीहरुको क्रेज महसुस गरे। राजेश दाइलाई पछाडिबाट भए पनि छुन पाएँ।’ उनी फिस्स हाँस्छन्।
‘झरना कल्चरमा मेरो संघर्ष जारी थियो।’ नृत्यका लागि उनी विभिन्न कार्यक्रममा प्रत्यक्ष प्रस्तुतिमा सहभागी हुन्थे। समय मिलाएर फिल्म हलतिर पनि चारिरहन्थे। अनि मनमनै प्रश्न गर्थे, ‘मेरो अभिनय हेर्न यसरी नै दर्शक हलसम्म आउने कहिले? मेरो फिल्मका लागि हलभरि दर्शकको भिड बढ्ने कहिले... यस्तै यस्तै।’
‘अभिनय कहाँ सोचेजस्तो हँुदोरहेछ र? मलाई त पहिलो गाँसमै ढुंगा पर्यो,’ क्यामेरा फेस गरेको पहिलो क्षण सम्झँदै भन्छन्,‘झरना कल्चरमा नृत्य प्रशिक्षक थिएँ। मलगायत सबै विद्यार्थीलाई एउटा साबुन र क्रिमको विज्ञापनका लागि सुटिङमा बोलाइयो। नेपाल प्रज्ञा प्रतिष्ठानमा मक्ख पर्दै गयौं। अझ हिरोको धङ्धङी बोकेर हिँडेको मलाई त्यो अवसर कम महत्वको थिएन। अफसोच! म नै असफल भएँ।’
‘म त लड्दै उठ्दै गरेको मान्छे हुँ,’ उनी थप्छन्, ‘मेरा विद्यार्थीहरु सबैले त्यहाँ विज्ञापनका लागि सुट गरायौँ। अरुको सुट फटाफटा भयो। तर, मेरो २०/२२ टेकमा पनि फुटेज ओके भएन। ३/४ डाइलग मात्र थियो तर पनि मलाई गाह्रो महसुस भयो। कनिकुथी फुटेज तयार भयो। फाइनल्ली टेलिभिजनमा मेरो टिममा समावेश सबैको विज्ञापन बज्यो तर, मेरो बजेन। मन कुँडियो तर हार खाइनँ।’
छोराले अभिनय यात्रा छनोट गरेको थाहा पाएपछि बाबुछोराको सम्बन्ध चिसियो। दुई वर्ष पुष्प र परिवारबीचको सम्पर्क टुट्यो।
०००
समय बित्दै गयो। पुष्पको हिरो बन्ने सपना यथावत् थियो। साथी दिक्पाल कार्की (मोडल)ले रेडबुलको विज्ञापनमा अभिनयको अफर पुष्पलाई सुनाए। उनी विज्ञापनमा काम गर्न राजी भए। उनको अभिनय टेलिभिजनमा बज्यो। पारिश्रमिकस्वरुप ८ हजार पाए। यो पुष्पको अभिनय यात्राको औपचारिक पाइला थियो, पहिलो कमाइ थियो।
समय बित्दै गयो। पुष्पको हिरो बन्ने सपना यथावत् थियो। साथी दिक्पाल कार्की (मोडल)ले रेडबुलको विज्ञापनमा अभिनयको अफर पुष्पलाई सुनाए। उनी विज्ञापनमा काम गर्न राजी भए। उनको अभिनय टेलिभिजनमा बज्यो। पारिश्रमिकस्वरुप ८ हजार पाए। यो पुष्पको अभिनय यात्राको औपचारिक पाइला थियो, पहिलो कमाइ थियो।
काम गर्दै जाँदा पुष्पको एक दिन स्वर्गीय आलोक नेम्वाङसँग भेट भयो। अभिनयप्रतिको प्यासन र लगाव देखेर आलोकले पुष्पलाई नयाँ अवसर दिए। हेमन्त शर्माको गीत ‘के माया गर्न हुन्न र...’को भिडियोमा पुष्पले पहिलो अभिनयको अवसर पाएँ। सँगै ३ हजार पारिश्रमिक पनि।
स्वर्गीय आलोक नेम्बाङप्रति ऋणीभावमा पुष्प सुनाउँछन्, ‘आलोक दाइ मेरो जीवनमा गड फादर बनेर आउनुभयो। उहाँ दिवंगत भए पनि मेरो मनमा सधैं अमर हुनुहुन्छ।’
पहिलो काम पछि पुष्पको दिनचर्या फेरियो। फाट्टफुट्ट काम पाउन थाले। तर, ‘हिरो’ त बन्नु नै थियो, त्यसको मेसो अझै पाएका थिएनन्। पछि शिव परियारको गीत ‘पिउँदिनभन्दा भन्दै पिलायो साथीले...’मा अभिनय गर्ने मौका पाए। गीत बजारमा हिट भयो। गीतका मोडल पुष्प पनि हिट भए।त्यसपछि पुष्पले करिअरमा पछाडि फर्कनु परेन। म्युजिक भिडियोको लागि अफरको चाङ लाग्न थाल्यो। तर, ठूलो पर्दाको ‘हिरो’ बन्ने सपना मनको कुनामा रहिरह्यो।
‘म्युजिक भिडियोमैव्यस्त थिएँ। एक दिन आलोक दाईले नै फिल्ममा अफर गर्नुभयो। मैले विस्तृत भन्न आग्रह गरेँ। सपोर्टिङ क्यारेक्टर हो। करिअरलाई सहयोग गर्छ। गर्दा राम्रो भनेर उहाँकै सल्लाहमा फिल्म ‘अझै पनि’मा मैले काम गरे।’ ‘हिरो’को साथीनै भए पनि काम गर्न पाउँदाको अनुभव साट्दै पुष्प भन्छन्,‘फिल्ममा सपोर्टिङ क्यारेक्टरमा रहे पनि दर्शकले राम्रै नोटिस गर्नु भएछ। धेरैको तारिफ पाएँ। अझ ‘मेन हिरो’को क्यारेक्टरमा पुष्प सुहाउने रहेछ भन्ने कमेन्ट पाउँदा झनै उत्साही थिएँ।
०००
‘संघर्ष नियमित थियो। म्युजिक भिडियोमै व्यस्त थिएँ। यतिकैमा जीवनमा नयाँ पात्रको आगमन भयो। मेरो ‘सेकेन्ड गड फादर’ तुलसी घिमिरे। फिल्म ‘दर्पणछाँया-२’का लागि उहाँले मलाई मुख्य अभिनेता घोषणा गर्नुभयो। उहाँले सिंगो फिल्मका लागि विश्वास गर्नुभयो। अझ भनौं मेरो ‘हिरो’ बन्ने सपना उहाँबाट पूर्ण भयो,’ उनले उत्साही हुँदै सुनाए, ‘मेरो हिरो बन्ने सपना पूरा भएको त्यो दिन, सर्वाधिक खुसी थिएँ म। सायद त्यति खुसी भर्खरै राष्ट्रपतिको हातबाट अवार्ड लिदा पनि भइनँ होला।’
‘संघर्ष नियमित थियो। म्युजिक भिडियोमै व्यस्त थिएँ। यतिकैमा जीवनमा नयाँ पात्रको आगमन भयो। मेरो ‘सेकेन्ड गड फादर’ तुलसी घिमिरे। फिल्म ‘दर्पणछाँया-२’का लागि उहाँले मलाई मुख्य अभिनेता घोषणा गर्नुभयो। उहाँले सिंगो फिल्मका लागि विश्वास गर्नुभयो। अझ भनौं मेरो ‘हिरो’ बन्ने सपना उहाँबाट पूर्ण भयो,’ उनले उत्साही हुँदै सुनाए, ‘मेरो हिरो बन्ने सपना पूरा भएको त्यो दिन, सर्वाधिक खुसी थिएँ म। सायद त्यति खुसी भर्खरै राष्ट्रपतिको हातबाट अवार्ड लिदा पनि भइनँ होला।’
पुष्पको हिरो बन्ने सपना त पूरा भयो तर फिल्म उद्योगमा उनको हिरोइजम् जम्न सकेन। ‘दर्पणछाँया–२’ असफल भयो। करिअरमा म्युजिक भिडियोको विकल्प रहेन।
०००
पुष्पले पहिला बोलेको वाक्यांश पुनः दोहोर्याए ‘मैले अघि पनि भनेनि म त लड्दै उठ्दै गर्न बानी परेको मान्छे। आशा थियो एक दिन उठ्नेछु। भयो पनि त्यस्तै। निर्देशक नवल नेपालले मलाई भेट्न आग्रह गर्नुभयो। काठमाडौंको मैतिदेवीमा भेट गरेँ। भन्नुभयो, ‘पुष्प फिल्ममा एउटा यस्तो पात्र छ जसलाई तिमीले मेहनतका साथ न्याय गर्यौं भने अवार्ड हात पार्न सक्छौ। तर, क्यारेक्टरलाई जस्टिफाइ गर्नुपर्छ।’
फिल्म थियो ‘मंगलम्’। पुष्पको साथमा थिए अभिनेत्री शिल्पा पोखरेल, मिथिला शर्मा र पृथ्वीराज प्रसाईं। पुष्पको क्यारेक्टर थियो ‘न्यूरोलोजिकल डिसअर्डर प्यासेन्ट’। २०७४ फागनु २५ गतेबाट प्रदर्शनमा आएको फिल्मलाई दर्शकले मन पराए। पुष्पको अभिनय दर्शक/समीक्षक सबैले मन पराए। अन्ततः राष्ट्रिय चलचित्र अवार्डको निर्णायक (जुरीले)ले पनि पुष्पको अभिनय मन परायो।
गत शुक्रबार पुष्पले २०७४को उत्कृष्ट अभिनेताको अवार्ड पाए। राष्ट्रपति कार्यलयमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीकै हातबाट अवार्ड लिएका पुष्पले उत्साहित हुँदै भने,‘फिल्म मंगलममा अभिनय अघि नवल दाइले अवार्डको सपना देखाउनु भएको थियो। त्यही बेला दाइसँग भनेको थिएँ, यो फिल्डमा आउनु आइहालियो। प्रश्न गरेँ, सबैभन्दा ठूलो अवार्ड के त? नेसनल अवार्ड। अर्को? अस्कर अवार्ड। अस्करमा हाम्रो उद्योगले अपेक्षा राख्नु महत्वकांक्षी हुन्छ किनकि बलिउडको समेत उपस्थिति न्यून छ। त्यसैले एक एक दिन मैले पनि राष्ट्रिय अवार्ड लिनै पर्छ भन्ने अठोट थियो। साँच्चै त्यो सपना पूरा हुन समय लागेन।’
पुष्पको अभिनय दर्शक/समीक्षक सबैले मन पराए। अन्ततः राष्ट्रिय चलचित्र अवार्डको निर्णायक (जुरीले)ले पनि पुष्पको अभिनय मन परायो।
अवार्डले पुष्पलाई खुसी मात्र दिएन, दुई-दुई वर्ष सम्म परिवारसँग विग्रिएको सम्बन्धमा थप सुधार ल्याएको छ। करिअरमा अभिनयबाट आफूलाई अझ निखार्नुपर्ने जिम्मेवारी थपिएको छ।
तर, बिडम्वना! पुष्पले पाएको राष्ट्रिय अवार्ड केही आलोचित बन्न पुग्यो। कतिपयले उनलाई अवार्डकै दिन राष्ट्रपति कार्यालयमा नृत्य गरेर अवार्ड हात पारेको आरोप लगाए। तर, उनका लागि यो स्वीकार्य छैन। पुष्पसँगै नेपालका अग्रज कलाकर्मीहरू गौरी मल्ल, सरोज खनाल, सन्नी रौनियार, रमेश उप्रेतीलगायतले कार्यक्रममा प्रस्तुति दिएका थिए। जुन आफ्ना लागि स्टेज सेयरको सुनौलो अवसरका रूपमा लिन्छन् उनी।
यस प्रसंगमा उनले भने,‘म अग्रज कलाकारसँग नाचेको हो। अवार्डको मलाई मेसो थिएन। नृत्यपछि म कार्यक्रममा बसिरहेको थिँए। उद्घोषकबाट मेरो नाम उच्चारण भायो। ‘उत्कृष्ट अभिनेता २०७४ः पुष्प खड्का फिल्म मंगलम’। मुटु फुलेर आयो। खुसीले मन भारी भयो। सबै बिर्सिएर सँगै भएकी छुल्ठिम र साथीहरूसँग अंकमाल र चुम्बन गर्दै अवार्ड लिन स्टेज उक्लिएँ।’
खुसीसँगै विवादले दिएको पीडाको मिश्रणले दिएको अमिलो पन पोख्दै उनले थपे, ‘फिल्मको प्रिमियरकै दिन रेखा थापा दिदीले भन्नुभएको थियो, यस वर्षको अवार्ड सबै पुष्पले खाने भयो। नीर शाहलगायत धेरैले यस्तै भन्नु भएको थियो। उहाँहरूले भनेजस्तै धेरै अवार्डमा मेरो नाम मनोनयन भयो। अवार्ड भने अर्कैको पोल्टामा पथ्र्यो। फिल्म ‘मंगलम्’ मार्फत मैले दुई वटा क्रिटिक्स अवार्ड त हात पारिसकेको थिँए। बाँकी थियो उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न। त्यो अवसर बोर्डले राष्ट्रिय चलचित्र अवार्डमा जुराई दियो। तर, नृत्यका आधारमा अवार्ड पायो भन्नुले चाहिँ खासै अर्थ राख्छ जस्तो लाग्दैन।’
निसंकोच मेहनत गर्नेहरू नै सफल हुने उनको बुझाइ छ। सफलतामा खुट्टा तान्नेहरू उल्लेख्य हुन्छन्। त्यसलाई परास्त गर्न साधना बाहेकको विकल्प देख्दैनन् उनी।
कुरा काट्ने र खुट्टा तान्नेहरूलाई एक छेउमा राखेर जीवन, संघर्ष र सफलताको एउटै लाइन् सुनाउँछन् उनी, ‘साँचो मनले मेहनत गर्नुहोस् तपाईंलाई एक दिन सफलताले पछ्याउने छ।’
Original Link: https://nepalnews.com/life-arts/4147-2019-07-17-05-06-29
Comments
Post a Comment