- Get link
- X
- Other Apps
मनोज न्यौपाने असोज २४, २०७६ | शुक्रबार | काठमाडौं

फिल्म ‘छ माया छपक्कै’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा रोहित अधिकारीको लगानी छ।
प्रदर्शनरत फिल्मले दुई फरक राजनीतिक पृष्ठभूमिका परिवार र तिनै परिवारका छोराछोरीबीचको प्रेमकथा बोल्ने बताउँछन् निर्देशक लामा।
‘फिल्मको कथा करिब ६ वर्षअघि नै तयार थियो। जतिबेला म काभ्रेको तिमाल गाँउ पुगेको थिएँ। पानीको स्रोत बाँडफाँट विषयमा दुई गाउँबीच देखिएको तिक्तता, जसलाई मैले फिल्म बनाउन उचित ठानेँ र कथा तयार गरेँ।’
फिल्मले मनोरञ्जसँगै सामाजिक सचेतना जगाउने कुरामा निर्देशक लामा ढुक्क छन्। ‘यस्ता विषयमाथि रहेर फिल्म बनाउनु आफूंमा चुनौतीपूर्ण काम हो, यद्यपि मलाई दीपक–दिपालगायत टिमले साथ दिनुभएको छ। मैले केही वर्षअघि नै यो स्क्रिप्ट केही निर्मातालाई देखाएको थिएँ। तर कसैले पनि निमार्ण गर्ने आँट गर्नुभएन, जुन आँट दीपक–दीपाले गर्नुभयो र जोडिनुभयो रोहित अधिकारी पनि।
काभ्रेको कथामात्र नभएर देशकै कथा फिल्मले बोल्ने र दर्शकले पनि आ–आफ्नो गाउँ, ठाउँको कथा बोलेको महसुस गर्नेमा निर्देशक लामा ढुक्क छन्।
काभ्रेको कथामात्र नभएर देशकै कथा फिल्मले बोल्ने र दर्शकले पनि आ–आफ्नो गाउँ, ठाउँको कथा बोलेको महसुस गर्नेमा निर्देशक लामा ढुक्क छन्।
‘प्राकृतिक स्रोत बाँडफाँटको समस्या देशका हरेक क्षेत्रमा देख्न सुन्न पाइन्छ, जुन विषयमा हामीले फिल्म तयार गरेका छौं। यद्यपि फिल्ममा मनोरञ्जनको मर्म भने हामीले मारेका छैनौं।’
६ वर्षअघि तयार गरेको कथामा एउटा उत्कृष्ट फिल्म तयार भएको र दर्शकले पनि फिल्म मन पराउनेमा निर्देशक लामा ढुक्क देखिन्छन्। भन्छन्– ‘फिल्ममा राजनीतिक पृष्ठभूमिसँग जोडेर प्रेम र हाँस्य रस पस्कने प्रयास गरेको छौं। यो प्रयासलाई सफल बनाउन दीपक, दीपा, जितु नेपाल, केदार घिमिरेलगायत महत्वपूर्ण साथ छ। हाम्रो कामलाई दर्शकले पक्कै मन पराउनु हुनेछ र फिल्मले दिन खोजेको सन्देश पनि सम्बन्धित क्षेत्रले मनन गर्नेछ।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment