पाँच तस्बिरमा ‘जाइरा गर्ल’ नम्रता

नयाँ पुस्तामा रुचाइएकी मोडल तथा अभिनेत्री हुन् नम्रता श्रेष्ठ। सन् २००८ मा फिल्म ‘सानो संसार’ बाट ठूलो पर्दामा डेब्यु गरेकी नम्रता त्यसयता अभिनय क्षेत्रमा व्यस्त छिन्।
‘नोभेम्बर रेन’, ‘मेरो एउटा साथी छ’ जस्ता सफल चलचित्रबाट नेपाली दर्शकमाझ राम्रो छवि बनाउन सफल नम्रता अभिनयसँगै पाश्र्व गायनमा समेत रुचि राख्छिन्। उनले फिल्म ‘सोल सिस्टर’ मा पाश्र्व गायिकाका रूपमा काम गरिसकेकी छन्।
Namrata_shrestha1_1.jpg
उनले हालसम्म १७ वटा फिल्ममा काम गरिसकेकी छिन्। उनी अभिनित पछिल्लो समय प्रदर्शनमा आएको फिल्म हो ‘प्रसाद’। अभिनेता विपिन कार्कीसँग स्क्रिनमा देखिएकी नम्रताको अभिनय ‘प्रसाद’ मा निकै तारिफयोग्य बन्यो।
namrata_shrestha_3.jpg
त्यसपछि नम्रता फिल्म ‘जाइरा’ मार्फत पर्दामा देखिँदै छिन्। आगामी भदौ ६ देखि प्रदर्शन तयारीमा रहेको जाइरामा उनी एक ‘मिक्स मार्सल आर्ट’ खेलाडीको भूमिकामा छिन्। करिब आठ महिनासम्म फिल्मका लागि मेहनत गर्नुपरेको अनुभव सुनाउने नम्रताले क्यारेक्टरलाई न्याय गर्न आफ्नो कपालसमेत मुण्डन गरेकी थिइन्।
namrata_shrestha_2.jpg
फिल्ममा नम्रता अभिनेता अनुपविक्रम शाहीसँग स्क्रिनमा देखिने छिन्। यसै क्रममा नम्रता बिहीबार काठमाडौंमा फिल्म जाइराको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपस्थित थिइन्। अभिनेता शाहीसँगै नम्रता रातो पहिरनमा निकै हट अवतारमा प्रस्तुत भएकी थिइन्।
Namrata_shrestha_4.jpg
असार १३, २०७६ | शुक्रबार | काठमाडौं

Comments