
बुबा-आमाको माया र साथ सन्तानका लागि कति अपरिहार्य हुन्छ, त्यसको लेखाजोखा जति नै गरेपनि अपुग हुन्छ। तर, प्रविधिको बढ्दो प्रयोग, शहरीकरण, कार्यव्यस्ततालगायत विषयले दिनप्रतिदिन सन्तानसँग अभिभावकको सम्बन्ध पातलिँदैछ।
पारिवारिक सदस्यबीचको आत्मियताको जुइँनो खुकुलो बन्दै गएको छ। परिवारभन्दा टाढाको अफिस, जिम्मेवारी, पारिवार बाहिरका सदस्यसँगको हेलमेलले आफ्नै सन्तान आजकाल पराई बन्न पुगेका छन्।
यस्तै परिस्थितिका एक पात्र हुन् अभिनेता दयाहाङ राई। अभिनयका लागि अधिकांस समय घरबाहिर रहने उनी चाहेर पनि आफ्नो परिवार र सन्तानका लागि पर्याप्त समय छुट्टाउन सक्दैनन्।
रंगमञ्च हुँदै ठूलो पर्दामा भित्रिएका राईले हालसम्म ३ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। अभिनयबाटै नाम कमाए, दाम कमाए। तर, परिवारलाई पर्याप्त समय दिन नसकेकोप्रति उनको आफैंमाथि गुनासो छ।

कामप्रति इमान्दार र गहिरो लगाव हुनुपर्ने विचार राख्छन् उनी । पारिवारिक जिम्मेवारीबाट भने कतै त कतै चुकेको अनुभव गर्छन्।
अधिकांस समय घरबाहिर हुँदाहँुदै परिवारप्रति उनी ‘अलर्ट’ त छन् तर, खुलेर चासो राख्न चाहँदैनन्। भावनात्मक रुपमा छोरा र श्रीमतीसँग नजिक भए पनि मस्तिष्कमा पितृसत्तात्मक पुरूषवादी सोचको धङधङी उनमा अझै बाँकी छ। राई यसलाई स्वीकार्छन् पनि।
अधिकांस समय घरबाहिर हुँदाहँुदै परिवारप्रति उनी ‘अलर्ट’ त छन् तर, खुलेर चासो राख्न चाहँदैनन्। भावनात्मक रुपमा छोरा र श्रीमतीसँग नजिक भए पनि मस्तिष्कमा पितृसत्तात्मक पुरूषवादी सोचको धङधङी उनमा अझै बाँकी छ। राई यसलाई स्वीकार्छन् पनि।
फिल्म ‘आप्पा’मा दयाहाङले बुबाको भूमिका निर्वाह गरेका छन्। सुनाउँछन्, ‘आप्पामा बुबाको भूमिकामा छु। फिल्म बाबु–छोराको सम्बन्धकै बिषयमा केन्द्रित छ। सन्तानले बुबाप्रति राखेका आशा, अपेक्षा र त्यसको अपूर्णता पछिका असन्तुष्टि र गुनासा पर्दामा प्रशस्त देखिनेछन् र नयाँ पुस्ताको वास्तविक जीवन पनि यस्तै छ।’
इलाम र दार्जिलिङको सीमाक्षेत्र सन्दकपुरमा छायांकन गरिएको फिल्म ‘आप्पा’ दयाहाङका लागि महत्वपूर्ण थियो। ‘जब मैले फिल्मको स्क्रीप्ट सुनें, मन छोयो। स्क्रीप्टले दिएको पात्र अब्बल लाग्यो, अनि फिल्ममा जोडिएँ। पात्रको हिसाबमा मैले यो फिल्ममा जीवनको एक उत्कृष्ट पात्र पाएको हुँ तर, फिल्म व्यवसायिक रुपमा कति सफल हुन्छ त्यो समयले बताउँछ,’ उनी उत्साहित हुँदै सुनाउँछन्।
छायांकनताका उनी फिल्म र पात्रमा जति रमाए, आफ्नो छोरालाई पनि उति नै सम्झिरहे। किनकि राइले आफ्नो छोरोभन्दा बढी माया र ममताकासाथ पात्रमा रहेको छोरो हुर्काइरहेका थिए। छोराका लागि घरमा श्रीमतीले गरिदिने काम पात्रमा रहेर उनले आफैं गर्नु परेको थियो। यसले राईको मनमा बेला–बेला घोचिरहन्थ्यो।

रिल र रियललाई फ्युजन गरेर राई सुनाउछन्, ‘बुबासँग हाम्रा गुनासा रहिरहन्छन्। यसकुराको महसुस भने जब स्वयं नै बुबा बनेपछि थाहा हुनेरहेछ। खास पुरूषहरू समस्यासँग लड्छन् भनिन्छ तर सत्य होइन रहेछ। घरका मसिना दुःखसँग जुध्न नसकेर परिवारभन्दा केही टाढा रहेर व्यवस्थापन गर्न खोज्दा रहेछन्। यसोगर्दा छोराछोरीको बुबाप्रति धेरै गुनासा रहने रहेछन्।’
उनी थप्छन्, ‘मेरो छोरासँग पनि मप्रति धेरै गुनासा छन्। अहिले पनि उसँग गुनासाका लामो सूचि नै छन्। यो ठाउँ जाने, यो गर्ने, यस्तो लगाउनेजस्ता विभिन्न माग छन् तर म उसलाई समय दिन भ्याउदिन, अनि ती साना–साना समस्याबाट भागेजस्तो जस्तो आफैंलाई महसुस हुन्छ।’
उनी थप्छन्, ‘मेरो छोरासँग पनि मप्रति धेरै गुनासा छन्। अहिले पनि उसँग गुनासाका लामो सूचि नै छन्। यो ठाउँ जाने, यो गर्ने, यस्तो लगाउनेजस्ता विभिन्न माग छन् तर म उसलाई समय दिन भ्याउदिन, अनि ती साना–साना समस्याबाट भागेजस्तो जस्तो आफैंलाई महसुस हुन्छ।’
नयाँ पुस्ता र पुराना पुस्ताबीचको सम्बन्ध र बाबु–छोराबीचको सम्बन्धका बारेमा उनी भन्छन् ‘बालबालिकासँग धेरै जिज्ञासा हुन्छन्, प्रविधिले उनीहरूलाई धेरै अगाडि पुर्याएको छ। आजका बालबालिका अनलाइनका विभिन्न स्रोत उपयोग गर्छन् र हामीमाथि प्रश्न खडा गर्न थाल्छन् तर, हामी उनीहरूका अपेक्षाअनुरूप प्रस्तुत हुनै सक्दैनौ। त्यहाँनेर पनि सन्तानले गुनासो गर्ने ठाउँ रहेछ।’
‘अहिले थाहा पाउँदैछु मेरो बुबा भगवान नै हुनुहुँदो रहेछ। मेरा मागप्रति मेरो बुबा भाग्नुहुन्थ्यो। आज म पनि छोरालाई भोलि–भोलि भन्दै भागिरहेको हुन्छु। उ सानो हुँदा भोलि कुरिरहन्थ्यो। तर, अहिले दिनगन्ति गनेर माग पुरा हुने दिन पर्खेर बस्छ।’
फिल्मको छायांकनका समय बुबाको भूमिकामा स्क्रीनमा सट दिइरहँदा राई आफ्नो छोरालाई खुब सम्झन्थे। पात्रमा बाबु बनेर छोरालाई स्याहार गरिरहँदा उनको मनमा छोराप्रतिको प्रेमभाव छल्किरहन्थ्यो। मनमा घोचिरहन्थ्यो।
उनी करिब ८÷१० दिनपछि मात्र छोरासँग फोनबाट जोडिने मौका पाउथे। जसले गर्दा परिवारप्रति कहिलेकाँही भावुक बन्नु परेका अनुभव छन् उनीसँग। करिअरसँगै सन्तानका इच्छा, चाहना र रहर पुरा गर्नुपर्ने दायित्व हुँदाहुँदै पनि टाढिनुपर्दा जिम्मेवारीबाट भाग्नुपरेको झैं महसुस हुन्छ।
यस्ता तीता अनुभवको संग्रह नै छ उनीसँग। अझ परिवार, सन्तान वा छोरा भन्नेबित्तिकै मन र मस्तिकमा घोचिरहने एउटा घटना उनी कहिलै बिर्सन सक्दैनन। ‘म त्यो दिन बेस्सरी हाँसेको थिए। तर त्यो कुराले मलाई अहिलेसम्म घोचिरहन्छ। छोराले मलाई भन्यो ‘पापा आज हामै घरमा बसौ न ल’। यसले मलाई धेरै पीडा महसुस भयो। लाग्यो म त आफ्नै घरको पाहुना रहेछु।
Comments
Post a Comment