
गीत ‘माया लुकीलुकी...’ बाट एकाएक चर्चामा आएकी गायिका टीका प्रसाईं पछिल्लो समयकी व्यस्त गायिका हुन्। करिब दुई दशक लामो समय नेपाली सङ्गीत क्षेत्रमा खर्चिएकी प्रसाईं गायनमा मात्र सीमित छैनन्। उनी गायिकासँगै संगीतकार पनि हुन्।
बाल्यकालबाटै गीत–सङ्गीत भनेपछि हुरक्कै हुने प्रसाईं आज यही क्षेत्रमा रमाउन पाउँदा दंग छिन्। ‘संघर्ष गर्नु परे पनि जीवन कहिलेकाही त सोचेजस्तै हुने’ मन्द मुस्कानमा प्रसाईंले भनेको यो वाक्यांशले पनि अड्कल काट्न सकिन्छ उनी कति सन्तुष्ट छिन् भनेर।
बाल्यकालबाटै गीत–सङ्गीत भनेपछि हुरक्कै हुने प्रसाईं आज यही क्षेत्रमा रमाउन पाउँदा दंग छिन्। ‘संघर्ष गर्नु परे पनि जीवन कहिलेकाही त सोचेजस्तै हुने’ मन्द मुस्कानमा प्रसाईंले भनेको यो वाक्यांशले पनि अड्कल काट्न सकिन्छ उनी कति सन्तुष्ट छिन् भनेर।
पछिल्लो साङ्गीतिक करिअर, जीवन भोगाइ अनि पारिवारिक विषयलाई लिएर नेपालन्युजले सोधेको दर्जन प्रश्नका प्रश्नको उत्तर गायिका टीकाले यसरी दिइन् -
सांगीतिक व्यस्तता कस्तो छ?
व्यस्त नै छ। धेरै गीतहरू सार्वजनिक हुने क्रममा छन्। त्यसमा पनि नारीहरुको चार्ड तीज नजिकिँदै छ। त्यतातिर पनि व्यस्त छु। (हाँस्दै) सामुद्रिक छालजस्तै कहिले तल कहिले माथि गर्दै जीवन बगिरहेको छ।
टीका प्रसाईंको सांगीतिक करिअर कहाँ र कसरी सुरु भएको थियो?
तोते बोली बोल्ने समयबाटै म एक प्रकारले गायिका थिँए रे। मैले उतिबेला तोते बोलीमै ‘कान्छी हे कान्छी’बोलको गीत गाँउथे अरे, आज पनि हजुरबुबाले सुनाउनुहुन्छ।
विद्यालयमा पनि शिक्षकले मलाई गाउन लगाउनु हुन्थ्यो। एसएलसीपछि परिवारको सल्लाहले भारतमा नर्सिङ पढ्न गएकी थिएँ। खै संगीतले तान्यो क्यार, नर्सिङको पढाइ छाडेर संगीतमा रमाउन काठमाडौं आएँ। त्यसपछि सुरु भयो औपचारिक संगीत र साधना।
दुई दशक लामो सांगीतिक करिअरमा टीका प्रसाईंका लागि पछिल्ला वर्ष निकै फलदायी बनेका हुन्?
विद्यालयमा पनि शिक्षकले मलाई गाउन लगाउनु हुन्थ्यो। एसएलसीपछि परिवारको सल्लाहले भारतमा नर्सिङ पढ्न गएकी थिएँ। खै संगीतले तान्यो क्यार, नर्सिङको पढाइ छाडेर संगीतमा रमाउन काठमाडौं आएँ। त्यसपछि सुरु भयो औपचारिक संगीत र साधना।
दुई दशक लामो सांगीतिक करिअरमा टीका प्रसाईंका लागि पछिल्ला वर्ष निकै फलदायी बनेका हुन्?
तपाईंले भनेको कुरामा म सहमत छु। हरेक मानिसको समय आउछ भन्छन्। त्यस्तै भएको होला। मेहनतका हिसाबले पहिलाबाटै उत्तिकै गर्दै आएको हो। तर, २०७४ यता भने साङ्गीतिक करिअर फलदायी बनेको छ। अरु बेलाभन्दा व्यस्तता बढेको छ। रेकर्डिङ, स्टेज शोलगायत देशविदेशका कार्यक्रममा जाने क्रममा पनि बढेको छ।
तपाईंको स्वरमा जुन प्रकारको मिठास भएर पनि सफलता प्राप्त गर्न नसकेकी गायिका भन्ने आरोप पनि लाग्ने गरेको छ नि?
केही समय अघिसम्म त्यस्तै थियो। केहि व्यक्तिहरूका मुखबाट यस्ता सवाल जवाफ नआउने होइनन्। तर, पछिल्लो समय उनीहरू चुप छन्। यता, सफलता असफलताको विषयमा भने मैले बोल्नेभन्दा पनि दर्शक स्रोताले छुट्याउने कुरा हो।

तपाईं त गायनसँगै कम्पोज पनि गर्नुहुन्छ, अरुको कम्पोजमा काम गर्न सहज कि आफ्नो कम्पोजमा ?
मलाई धेरैले गायनपछि कम्पोजमा आउनुभएको भन्नु हुन्छ। तर, त्यसो नभएर गायन र कम्पोज मेरो करियरमा सँगसँगै अघि बढेका विधा हुन्। आफूले कम्पोज गरेका गीतमा रमाउनुको मज्जा नै बेग्लै हुन्छ।
तर, जहाँसम्म सहजता असहजताको कुरा छ, उस्तै नै हो। फरक नै छुट्याउने भए केही भेटिएला तर समग्रतामा उस्तै हो भन्न रुचाउँछु।
तपाईंको आवाजमा रहेका थुप्रै गीत चर्चामा छन्, आफूले गाएका पाँचवटा गीत सम्झनुपर्दा कुन–कुन सम्झनु हुन्छ?
(हाँस्दै) कस्तो अप्ठ्यारो। आफ्ना सिर्जनाहरु कोही काखा कोही पाखा भन्ने कुरा त हुन्न नि। तर पाँच वटा नाम लिनुपर्ने तपाईंको आग्रह अनुसार मस्तिष्कमा आफ्नो करिअरको पहिलो गीत नै याद आउने रहेछ। त्यसमा ‘के गर्नु हो मेरो कसम...’,‘तिम्रो दिलको कुनकानी...’,‘नाईं मलाई थाहा छैन...’, ‘सेल्फीको जमाना...’, ‘चट्ट सलाम छ...’, ‘तिमी मलाई मनपर्छ...’। यस्तै धेरै छन् केहीको मात्र नाम लिँदा अन्याय हुन्छजस्तो लाग्छ।
एसएलसीपछि परिवारको सल्लाहले भारतमा नर्सिङ पढ्न गएकी थिएँ। खै संगीतले तान्यो क्यार, नर्सिङको पढाइ छाडेर संगीतमा रमाउन काठमाडौं आएँ।
मेलोडीमा रमाइरहँदा बजारमा चर्चा कम थियो, तर डान्सिङ नम्बरमा आएपछि चर्चा एकाएक बढ्यो, के एउटा गायक या सर्जकलाई चिनाउन डान्सिङ गीत नै आवश्यक पर्ने हो?
त्यस्तो पटक्कै होइन। मैले मेलोडी गीतमा आवाज दिएको समय पनि एक प्रकारको चर्चा थियो। होला भलै भयंकर हिट भइएन, तर एक प्रकारको चार्म नेपाली संगीत बजारमा थियो। पछिल्लो समय केही डान्सिङ गीतहरू बजारमा आएपछि व्यस्तता बढे पनि मेरा मेलोडी गीतलाई माया गर्नेको संख्या पनि उत्तिकै छ, जति डान्सिङ गीतलाई गर्नुहुन्छ।
पारिवारिक कुरा गरौं। तपाईंको त अन्तरजातीय विवाह, सम्बन्ध कस्तो छ?
सम्बन्ध राम्रो छ। एक अर्कामा मिलेर नै परिवार चलेको छ। दुवैजना नै संगीत कर्ममा क्रियाशील छौं। जीवन हाँसीखुसी छ।
उस बेला अन्तरजातीय प्रेम परिवारिक रूपमा स्वीकार्य थिएन, कसरी मनाउनुभयो परिवारलाई?
उस बेला अन्तरजातीय प्रेम परिवारिक रूपमा स्वीकार्य थिएन, कसरी मनाउनुभयो परिवारलाई?
त्यस बेला परिवारभन्दा पनि समाज ठूलो पर्खाल थियो। अझ मेरो हजुरबुबा समाजसेवी। गाउँका गन्नेमान्ने व्यक्ति। अनि कसरी स्वीकार्य थियो होला र हाम्रो प्रेम सम्बन्ध।
त्यसैले त भागेर विवाह ग¥यौं। विशेष गरेर परिवार समाजभन्दा पनि स्वयं प्रेममा परेको मान्छे चाहिँ आफ्नो सम्बन्धमा कति गहिराइमा छ। भविष्यको निर्णय गर्न कति सक्षम छ भन्नेमा भर पर्छ, त्यसमा हामी सफल भयौं।
परिवारले बुझे पनि हाम्रो समाज संकुचित छ। बद्लदो समयमा पनि हाम्रो समाज उदार बन्न सकेको छैनजस्तो लाग्छ। त्यसैले भागेर विवाह गरेका हौं।
विवाहपछि माइत फर्कन कति समय लाग्यो?
विवाह गर्न पो गाह्रो भएका, माइत फर्कन त समय लागेन। परिवारले बोलाई हाल्नु भयो नि। सुरुमा विवाह गरेको थाहा पाउनेबित्तिकै त हजुरबुवाले घरै छाड्नु भएको थियो रे। केही दिनपछि सबै समस्या समाधान भयो।
अब महिलाको चाड तीज पनि नजिकिँदै छ, कसरी मनाउने गर्नुभएको छ?
साउन महिनाभरि व्रत बसेर, जब भदौ आँउछ अनि तीजको माहोल बढ्छ। मलाई पनि भदौ लागेपछि कताकता तीजको रौनकले छोप्ने गरेको छ। परम्परागत हिसाबमा म दरखाने, व्रत बस्ने। अझ त्यसमा पनि श्रीमान्को राम्रो होस् भनी शिवजीको पूजाआराधना गर्ने, पुनः पञ्चमीको व्रत बस्ने यसरी नै तीज मनाउँछु।
तीजको राम्रो पक्ष केके लाग्छ?
तीजको राम्रो पक्ष भनेकै हाम्रो परम्पराबाट चलिआएको सांस्कृतिक पक्षको जगेर्ना हो। जुन कुरा राष्ट्रका लागि नै राम्रो पक्ष हुन आउँछ। सँगै धर्मप्रतिको आदरसम्मान पनि हो। अर्कातर्फ एक अर्का बीचमा टाढा भएका चेली माइती भेट गराउने यो सुनौलो अवसर पनि हो। पछिल्लो समय प्रविधिले पारिवारीक सम्बन्ध नजिक बनाए पनि पहिले त्यो सुविधा थिएन। जुन बेला चेली माइतीका लागि तीजको साँच्चै महत्व थियो।
अनि नराम्रो पक्ष चाहिँ ?
यो एउटा सांस्कृतिक पाटो हो। त्यसैले आफंैमा नराम्रो भन्ने होइन। तर, यसलाई नराम्रो बनाउने भने व्यक्ति विशेषमा भर पर्दछ। तीजका लागि भनेर अनावश्यक खर्च गर्ने, पार्टी–पार्टी भनेर समयको दुरुपयोग गर्नेलगायत नकारात्मक हुन्जस्तो लाग्छ।
यो एउटा सांस्कृतिक पाटो हो। त्यसैले आफंैमा नराम्रो भन्ने होइन। तर, यसलाई नराम्रो बनाउने भने व्यक्ति विशेषमा भर पर्दछ। तीजका लागि भनेर अनावश्यक खर्च गर्ने, पार्टी–पार्टी भनेर समयको दुरुपयोग गर्नेलगायत नकारात्मक हुन्जस्तो लाग्छ।
यस वर्षको तिज चाहिँ कहाँ र कसरी मनाउने सोचमा हुनुहन्छ त?
यस वर्ष मेरो तीज परिवारसँग बित्छजस्तो लाग्दैन। केही देशमा मेरो स्टेज कार्यक्रमका लागि समय तालिका तय भइसकेको छ। तीजकै अवसरमा सुरुमा अस्ट्रेलियामा ३/४ वटा कार्यक्रम छन्। त्यसपछि इजरायलमा पनि केही कार्यक्रम तय भएका छन्। त्यसैले खास व्रत बस्ने दिन त म सायदै हवाइजहाजभित्र नै हुन्छु होला।
Comments
Post a Comment