
अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्माको अभिनयमा रहेको फिल्म ‘मिस्टर नेपाली’ को आज पहिलो गीत सार्वजनिक भएको छ। फिल्ममा भुवन र रीमाका साथमा नव–कालकारद्वय साहिल श्रेष्ठ र कुसुम राउत पनि मुख्य भूमिकामा छन्।
प्रेमराज दाहालको निर्माण रहेको फिल्ममा अभिनेता भुवन तीन भूमिकामा देखिने छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका भुवनले फिल्ममा आफू तीन भूमिकामा देखिने बताए।
फिल्ममा भुवन नायक र खलनायक दुवै भूमिकामा देखिँदैछन्। यससँगै तेस्रो भूमिका रहेको क्यारेक्टर भने उनले अहिलेनै खुलाउन नमिल्ने बताए।
देव नारायण भुषालको लेखन तथा निर्देशन रहेको फिल्ममा भुवनले अभिनेत्री रीमा विश्वकर्मासँग अनस्क्रिन रोमान्स गरेका छन्। हालसम्म सार्वजनिक फिल्मको प्रचारात्मक विषयलाई हेर्दा पर्दामा रीमा भुवनकी बेहुलीका रुपमा देखिदैछन्।
यसैक्रममा बुधबारको कार्यक्रममा भुवनले रीमासँगको अभिनय अनुवभ साट्न भ्याए। ‘कथाले मागेको भूमिका गर्न पाउँदा खुसी लाग्यो, सँगै रीमासँग विवाहको जग्गेमाबस्दा अलि–अलि लाज पलाग्यो,’ उनले सुनाए।
स्क्रिनमा रीमासँग श्रीमान श्रीमती भएर अभिनय गरिरहदा भुवन र रीमाको वास्तविक सम्बन्ध चाँही कस्तो छ? भन्ने सञ्चारकर्मीको जीज्ञासा मेटाउँदै भुवनले थने, ‘रीमा र मेरो सम्बन्ध फिल्म क्षेत्र र अभिनयसँको नजिक छ। म उनलाई पुतली भनेर बोलाउँछु। किनकी उनको घरमा बोलाउने नाम नै पुतली हो। सुटिङमा पनि पुतली भनेर नै बोलाए। रिमाले चाहिँ मलाई जहिले पनि भुवन दाई भनेर बोलाएछिन्। उनको सानैबाटको नाम नै पुतली हो।’
‘रीमा चितवानमा छायाँकन गरिएको थियो, धेरै गर्मी तर हामी कलाकारलाई न जाडो न गर्मी। काम गर्नैपर्छ, अभिनय गर्नैपर्छ यसबाहेकको अनुभव त सबै रमाइलो नै भयो,’ नेपालन्युजसँगको कुराकानीमा भुवनले छायाँङ्न अनुभव सुनाए।
बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवलगायतको अभिनय रहेको फिल्म आउदो आत्तिक २९ बाट प्रर्दशनमा आउने छ।
Comments
Post a Comment