'गीतमा ‘देब्रे’ थिए, जीवनमा ईश्वर त दाहिना भए'

नेपाली लोक तथा दाहोरी क्षेत्रमा चिर्चत नाम हो खुमन अधिकारी। २०६३ सालबाट औपचारिक गायन यात्रा प्रारम्भ गरेका खुमनले हालसम्म ९ हजार हाराहारी गीतमा आवाज दिइसकेको बताउँदै आएका छन्।
२०६३ को प्रारम्भमा गीत ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीतमा पहिलो पटक स्वर दिएका खुमन पछिल्ला वर्ष लोक तथा दोहोरी क्षेत्रमा अत्याधिक रुचाइएका गायक हुन्।
बाल्यकालबाटनै गीत संगीत र लोक भाकासँग लुकामारी गर्दै हुर्कीएका खुमान सांस्कृतिक सिजन दसैं, तिहार तिज जस्ता पर्वमा झनै ब्यस्त हुन्छन्। उनले हरेक वर्ष थुप्रै तीज, दसैं र तिहार गीत बजारमा ल्याउने गरेका छन्। जुन गीत दर्शक स्रोताकालागि रोजाईका मनोरञ्जन सामग्री मध्यमा पर्छन्।
यतिबेला नेपाली समाज तिहारको माहोलमा छ। बत्ति, फूल,माला यस्तै यस्तै विषयले नेपालीहरूमा नयाँ उमंग र बहार छाएको छ। यही माहोल भित्र रमाईरहेको गायक खुमनले आफ्नो गायन यात्रा र तिहारसँग जोडिएका केही किस्सा सुनाउने भ्याएका छन्। उनै गायक अधिकारीसँग नेपालन्युजका दर्जन प्रश्न।
तपाईंको गीतसंगीतसँगको निकटता र सामिप्यता कसरी भएको थियो ?
गीत संगीत मेरो मुटु हो। मुटुसँग कहिलै छुट्टिन सकिँदैन रहेछ। मेरो वाल्यकालनै गीतसंगीत मय थियो। जन्मेको हुर्केको पाखा पखेरा, वन जंगल अनि विद्यालय सबैतिर लोक गीतको माहोल थियो। संगीतमय थियो। योसँगै भगवानले मलाई कला र गलाको उपहार दिनु भयो। यही कला र कलालाई सदुपयोग गर्न त्यो गीतसंगीतमय वातावरण पनि दिनु भयो।
के त्यसो भए जीवनमा गीतसंगीतको अर्को विकल्प छैन त ?
हो, छैन। मलाई भगवानले नै यही क्षेत्रमा गरेर खा भनेर पठाएको हो जस्तो लाग्छ। त्यसैले यो क्षेत्र बाहेक अरु केही विकल्प सोच्नै सकेको छैन। काम र ब्यस्तताले सोच्नु पनि परेको छैन। जुन इच्छा आकांक्षा र उदेश्य बोकेर स्यांजाबाट काठमाडौं आए त्यो सायदै पूरा हुँदै छ। (हास्दै) होला, सोच्नै पर्दा आज कुनै देशमा काम गर्दै हुन्थे होला, अरु त्यस्तै त्यस्तै...।
‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीतबाट गायन यात्रा प्रारम्भ गर्नु भएको वास्तविक जीवनमा त ईश्वर दाहिने रहेछन् नी है?
ईश्वर पनि देब्रे परेछन्
यो दुःखीको घर छोडी निर्माया अन्त कतै डेरा सरेछन्।
यो गीत मैले २०६२ या ०६३को को सुरुवातमा मेरो स्वरमा पहिलो पटक रेकर्ड गरिएको थियो। पहिलो अनुभव निकै गाह्रो भइरहोके थियो। गीत मनपर्‍यो तर, शब्द ख्यालै गरिन। अब, गीतमा ईश्वर देब्रे परेछन् भने पनि जीवनमा साँच्चै इश्वर दाहिनानै रहेछन्।
अनि संगीतयात्राको यूटर्न चाहिँ?
राजकुमार बगरदाईको ‘मनको देउतैले नरुउ भन्ने हजारौं भेटिए रुवायो एउटैले’ यही गीतले खुमनलाई चिनाएको हो। त्यअघि पनि मैले करिव ३०÷३५ वटा गीत गाइसकेको थिँए। तर, कुनै पनि सफल थिएनन्। लोक गीत मनपराउने हरुमा यो गीत नसुन्ने कमै हुनुहन्थ्यो त्यो बेला। त्यसपछि मात्र यो क्षेत्रमा खुमन अधिकारी भन्ने गायक पनि जन्मियो है भन्नेहरू भेट्न थालेको थिँए।
गीत संगीतक्षेत्र विवाद रहित छैन। कतिपय अवस्थामा प्रशासनकै हस्तक्षेप सम्म हुन थाल्या छ। तपाईंचाही यो मामलामा आफूलाई कतिको भाग्यमानी ठान्नु हुन्छ?
म भाग्यमानी त हो तर, आँफूले पनि त यस्ता कुरामा बिचार पुर्‍याउन पर्छ। बजारमा गीत नचलेर विवादमा फसेर हिट भइन्छ कि भन्ने पनि लागेन। यस क्षेत्रमा राम्रै गरिरहेको छु जस्तो लाग्छ। अर्कातिर विवाद भन्ने वित्तिकै एक प्रकारको डर लाग्छ। किनकी विवाद राम्रो कुराले उब्जाउने त होइन।
विवादले दिलाएको सय प्रतिशतभन्दा राम्रो कामले दिलाएको ५० प्रतिशत चर्चा नै एउटा सर्जकको अमूल्य सम्पत्ति हो। अर्थात् सयजनामा ५० जनाले मन पराएको छ र अन्य ५० ले थुकेको छ भने त्यो त राम्रो भएन। त्यसैले विवादबाट टाढै रहनु पर्छ।
नेपाली लोकदोहोरी क्षेत्रमा खुमन अधिकारी केही सस्तो अनि गीत संगीत छनौटमा ध्यान नपुर्‍याने गायक हो भन्ने पनि छन् नि?
मेरो स्तर र आवाज कस्तो छ, मलाई मेरा दर्शक स्रोताले कति मन पराउनु हुन्छ र मैले कति सम्म रेट राख्ने त्यो आँफैमा छदैछ। म गायनका लागि सहज अवश्य छु। अझ नयाँ नयाँ म त हुनै पर्‍यो। तर, अहिले आएर चाँही धेरै सहज रुपमा प्रस्तुत हुनुहुन्न कि भन्ने हिसावले छनौट गरेरै गाउन थालेको छु।
संख्यात्मक हिसावमा ९ हजार जति गीत गाइसकेको छु। यो संख्या त्यती थोरै हो जस्तो लाग्दैन। त्यसैले अब संख्या बढाउन भन्दा पनि गुणास्तरमा ध्यान दिन थालेको छु।
सांस्कृतिक पर्वहरू दसैं तिहार र तीजमा चाँही खुमन अधिकारीको माग ह्वात्तै बढ्छ भनिन्छ नि?
यो कुरा हद सम्म सत्य हो। अझ मेरो स्वर यो सांस्कृतिक सिजनसँग बढि सहाउँदो पनि छ। तिहारको कुरा गर्दा सानैबाट गाँउमा देउसी भैलो भट्ट्याइ रहने बानी। सँगै पछिल्लो समय तीजका गीतमा मेरो स्वरले धेरैनै साथ दिएको र धेरैले मन पराउनु भएको छ।
अर्कातर्फ कतिपयले खुमनले भट्ट्याएको जस्तो देउसी भैलो अरुको हुन्न भन्ने पनि हुनुहुन्छ। यो मेरो सानैदेखिको अभ्यासमा पनि भरपरेको कुरा हो। त्यसैले मेरो आवाज र सांस्कृतिक सिजन मेरालागि सुखद पक्ष नै हो। कारण तीज दसैं तिहार भन्ने वित्तिकै खुमनलाई सम्झिदिनु हुन्छ।
तर, मैले यो भन्न छुटाउनु हुन्न कि! सांस्कृतिक सिजनमा गाउने गीतहरूमा भन्दा मैले अन्य गीतमा धेरैनै मेहेनत गरेर गाँउनु पर्छ।
गत तीजमा दुर्गेश थापाको ‘बीच बीच्चमा’ निकै हिट भयो। तर, तीज पर्वका गीतसंगीत हेर्दा अधिकांसमा बीच बीचमा गाउने गायक त खुमन अधिकारी नै हो भन्न फरक नपर्ला?
‘लामो हासोका साथ) पहिलै देखिका गीतहरू हेर्ने हो भने यो चाहिँ हो। (फेरी उस्तै हासोमा) बिच बिचमा भन्दा पनि छेउमा चाँही हो। केहीसमय अघिबाटै बीच बीचमै त होइन छेउ छेउमा रहेर महिला दिदी बहिनीहरूसँग सहकार्य गरेको चाँही हो।
अझ तीज भन्ने वित्तिकै खुमनलाई सम्झने कारण पनि बीच बीच्चमा नाच्न, गाउँन माहिर गायकको श्रेय दिनेगरेको पाएको छु।
तिहार पर्वमा केन्द्रीत हुँदा खुमनले वर्षमा कतिवाटा गीत ल्याउने गर्नु भएको छ?
यो वर्ष दुई वटा गीत ‘यो तिहारमा गाइन्छ नाचिन्छ’, र ‘आँगनमा भैलेनी–आयो तिहार भाग ६’ बजारमा आएका छन्। गत वर्ष पनि त्यस्तै दुई तीन वटा सार्वजनिक भएका थिए।
बजारमा कतिपयले पुराना गीतलाई पनि पुनः अपलोड गरेर यसवर्षको जस्तै बनाईदिने पनि छन्। त्यसले खुमनको आवाजमा यस वर्ष पनि धेरै गीत बजारमा आएका छन् भनेर झुक्किने गरेका छन्। तर, वास्तविकता त्यस्तो होइन।
गायक खुमन अधिकारी र तिहारको सम्बन्ध चाँही कस्तो छ?
तिहार र मेरो सम्बन्ध त नङ र मासुको जस्तै छ। म गाँउमै छदा पनि तिहारमा खुवसँग देउसी भैलो भट्ट्याउने। सँगै नाच्ने, लयहालि हालि गाउँने बानि थियो। त्यसमा पनि मलाई आवाजले राम्रो सथ दिने। न त माटो स्वर न सानो, मध्यम आवाजमा गाउदा त्यसको मिठासनै छुट्टै हुने। गाँउमा तिहार आएपछि खुवनले भट्ट्याजस्तो हुँदैन भन्ने र पछिआएर दर्शक स्रोताले पनि मेरो आवाजलाई मन पराई दिनु भयो। जसले तिहारसँग मेरो सांगीतिक पाटो गहिरिएर गएको हो।
अब संगीतलाई छोडेर व्यक्तिगत सम्बन्धलाई लिने हो भने त, धेरै छन्। गाँउ घर, देउसी भैलो, पिङ, सेलरोटी, भाईटिका, माला यि सबै पक्षले तिहारसँगको सम्बन्ध प्रस्ट्याउ छ। यो मेरो मात्र सम्बन्ध होइन हरेक नेपालीसँग यि विषले अर्थ राख्छन् जस्तो लाग्छ। यसमा पनि मेरो मनपर्ने काम पटका पड्काउन सौखिन थिँए।
सँगै घरमा बनेका मिठा मिठा परिकारको पनि म सौखिन थिँए। म आँफै पनि भान्छामा गएर ति परिकार बनाउन म सहयोग गर्दर्थे। यि विभिन्न पक्षले तिहारसँगको सम्बन्ध प्रस्ट्याउछ।
तिहारलाई लिएर विसर्नै नसक्ने केही स्मरणछन्?
म कुनै पनि चाड पर्व गाँउमै मनाउन रुचाउने मान्छे। अधिकांश दसैं तिहारमा म गाउँ पुगेकै हुन्छु। काठमाडौं आएको सुरुको एक वर्ष मैले घर÷गाउँको तिहार छुटाएको छु। त्यो वर्ष निकै खल्लो भयो।
यो सहरमा म आँफै नयाँ थिए। आफन्त दाजुभाई दिदी बहिनी कोही नहुने। रमाईलो गर्न पनि साथीभाई मात्र। त्यसमा पनि निकटता र आत्मियता कम हुने। त्यसवर्ष यता दसैं तिहार गाँउमै मनाउँछु।
यतिसम्मकी दसैं र तिहारका सांस्कृतिक कार्यक्रमका लागि अफर आएभने पनि अस्विकार गर्ने गरेको छु। यसको अर्थ दसैं र तिहार गाउँमै रमाउन चाहान्छु।
अनि तिहारको एउटा मिठो किस्सा ?
खै त्यस्तो विर्सनै नसक्ने किस्सा त छ हेला र? आफैसँगको प्रश्नपछिको मौनतलाई चिर्दै)। सायदै मैले मोरे दिदिलाई दिएको रुमाल उहाहार हो। जतिबेला काठमाडौंबाट अलि अलि कमाएर गाउँ फर्किएँको थिँए। त्यो बेला दिदिलाई मैले आफ्नै कमाईले रुमाल उपहार दिएको थिँए। त्यो पल अनि खुसी निकै अविस्मरणिय लाग्छ।

Comments