- Get link
- X
- Other Apps

- नेपाल निर्मातासंघको आयोजनामा ‘तराई पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव’ नारासहित वीरगंजमा ‘नेपाल स्वर्णिम चलचित्र महोत्सव’ जारी छ।
नेपाली कलाक्षेत्रलाई हिमाल, पहाड र तराई जोड्ने उद्देश्यका साथ सुरु भएको महोत्सवका आकर्षण बलिउड अभिनेता गोविन्दा कार्यक्रमको पहिलो दिन बिहीबार साँझ नै आफ्नो प्रस्तुती दिएर फर्किए। नेपाली फिल्म क्षेत्रभन्दा हिन्दी र भोजपुरी फिल्मको वर्चश्व राख्ने वीरगंजका लागि गोविन्दा ठूलै पाहुना थिए।
महोत्सवको पहिलो दिन अर्थात् बिहीबार साँझ वीरगंजस्थित भरिभराउ आदर्शनगर रंगशालाको दर्शक भीडले गोविन्दाको क्रेज पनि प्रस्ट हुन्थ्यो। तर, अन्य नेपाली कलाकारको नाम उच्चारण हुँदा वीरगंज बासीमा कुनै उत्साह थिएन। नेपाली सेलेब्रिटीप्रति कुनै उत्सुकता थिएन।
शुक्रबार साँझ पनि वीरगंजको मुटु घण्टाघरको आँगनमा उस्तै भिड लाग्यो। तर, त्यहाँ न त फिल्म महोत्सवको कार्यक्रम थियो न त त्यहाँ गोविन्दा नै।
गृष्मा इन्टरटेन्मेन्टको आयोजनामा सातै प्रदेशमा भइरहेको कार्यक्रम ‘सप्तरंग-२’को आकषर्ण थिए, महानायक रोजेश हमाल। उनै हमालको प्रस्तुतीका लागि भेलाभएका थिए वीरगंज बासी।

हमालसँग आ-आफ्नो प्रस्तुतीका लागि भेलाभएका थिए गायक सुगम पोख्रेल, मेलिना राई, प्रकाश सपुत, रवि ओड, हिमाल सागर, हास्यकलाकार जितु नेपाल र सन्दीप क्षेत्री।
कुर्था, धोती र गाम्चाको भेसमा स्टेज उक्लिएका राजेश वीरगंजबासीका लागि आकर्षण थिए। वीरगंजमा हमालको व्यक्तिगत प्रस्तुती नरहे पनि उनी चार पटक सम्म स्टेज उक्लन भ्याए। कार्यक्रमको उद्घाटनका लागि स्टेज चढेका हमाल, गायक हिमाल सागरको गायन प्रस्तुतीमा पनि नृत्य गर्दै स्टेज चढे।
कार्यक्रम स्थलमा हमालको माग बढेपछि उनी पुन: गायक प्रकास सपुतको गल्बन्दि र दोहोरी ब्याटलमा समेत स्टेज उक्लिए। हमालले स्टेजमा गायन अनुसार आफ्नो नृत्य प्रस्तुती त दिए योसँगै उनले दर्शकदिर्घामा रहेका प्रसंशकसम्मै पुगेर प्रस्तुती दिए।
पर्दामा हेरेर रमाई रहेका वीरगंज बासी हमालको सांस्कृतिक कार्यक्रममा पहिलो प्रत्यक्ष उपस्थिती र प्रस्तुतीले व्यहबहारले मख्ख थिए।
हमालको जस्तै उपस्थित सातै कलाकर्मीको प्रस्तुतीले वीरगंज बासी झुमेका थिए।
- Get link
- X
- Other Apps
Comments
Post a Comment