
नेपाल चलचित्र स्वर्णिम महोत्सवका लागि वीरगन्ज घण्टाघरबाट सुरु भएको प्रभातफेरी (र्याली), महोत्सवस्थल आदर्शनगर रङ्गशालामा पुगेर टुङ्गिएको छ।
प्रभातफेरीमा वरिष्ठ कलाकारहरू निर शाह, भुवन केसी, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा, विराज भट्ट, झरना थापा, निरुता सिंह, वर्षा सिवाकोटी, नीता ढुंगाना, छुल्ठिम गुरुङ, दीपकराज गिरी, दिपाश्री निरौलालगायत उपस्थित थिए।
यस्तै चलचित्र क्षेत्रमा आबद्ध निर्माता, निर्देशक, प्राविधिक, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, अन्य राजनीतिकर्मी, स्वयंसेवक, विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको उपस्थिति थियो।
बलिउड अभिनेता गोविन्दा सोही समारोहमा सहभागी हुन श्रीमती सुनिता आहुजासहित नेपाल आएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिने महोत्सव २१ गतेदेखि ४ दिनसम्म चल्ने छ।









Comments
Post a Comment