- Get link
- X
- Other Apps
- मनोज न्यौपाने पुस १०, २०७६ | बिहीबार | काठमाडौं

डिभोर्स भएको भोलिपल्टै गायक रामकृष्ण ढकाल स्टुडियोमा रियाज गर्दै गरेको अवस्थामा भेटिएका छन्।
श्रीमती निलम शाहसँग १७ वर्ष लामो वैवाहिक सम्बन्ध अत्य भएको भोलिपल्ट ढकाल कसरी स्टुडियोमा पुगे त? सबैलाई चासोको विषय बन्न सक्छ।
रेडियो नेपालको संगीत स्टुडियो भित्र गायक ढकाल, रञ्जित गजमेरद्वारा संगीतबद्ध तथा स्वर्गीय गायक नारायण गोपाल र गायिका आशा भोसलेको गायनमा रहेको ‘मोहनी लाग्ला है...’ बोलको गीत गाउँदै थिए।
स्टुडियोमा गायक ढकालसँगै संगीतकार रञ्जित गजमेर, चर्चित भारतीय गायिका आशा भोसले र थुप्रै वाद्यवाधकहरू पनि स्टुडियोको साङ्गीतिक माहोलमा हराइरहेका थिए।
स्टुडियो कक्षमा ढकालको अनुहारमा भने साङ्गीतिक रङ्ग देखिदैन थियो। पारिवारिक विछोड अनि सामाजिक सञ्जालमा पत्नी निलम र आफ्नै बारेमा चलेका विभिन्न हल्लाहरूको प्रभाव हुनुपर्छ गायक ढकाल केही मलिन थिए, केही निरस देखिन्थे।
यद्यपि ढकाल रेडियो नेपालको स्टुडियो रियाजकै लागि रहर गएका थिएनन्।
यही शनिबार सोल्टी होटलमा आयोजना हुन लागेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ नामक सांगीतिक कार्यक्रमको तयारीका लागि ढकाल स्टुडियो पुगेका हुन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment