- Get link
- X
- Other Apps
- मनोज न्यौपाने पुस १२, २०७६ | शनिबार | काठमाडौं

शनिबार साँझ होटेल सोल्टी क्राउन प्लाजाको माहोल निकै गर्माएका थियो।
सङ्गीत पारखीहरूको बाक्लो उपस्थिति र सङ्गीतमय साँझले पुस महिनाको चिसो साँझ उपस्थित सबैले प्रायः भुलेका थिए।
‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ नाम दिइएको साङ्गीतिक साँझमा वरिष्ठ सर्जक तथा सङ्गीतकार रञ्जित गजमेरका दर्जन बढी सङ्गीतमा तीन दर्जन बढी गायक-गायिकहरूले आ-आफ्नो प्रस्तुति दिए।
हल सङ्गीतमय थियो। दर्शकदीर्घा सङ्गीतमा झुमेको थियो, सँगै सङ्गीतको प्यास मेटाइरहेका थिए उपराष्ट्रपति नन्दकिशोर पुन।
भोसलेले स्टेज उक्लिएर ‘झ–झल्काे लिएर आएछ सावन...’, ‘किन बढ्दैछ ढुकढुकी मेरो...’, ‘डाँडा खोला...’, ‘मोहनी लाग्ला है...’ लगायत गीतमा प्रत्यक्ष अवाज दिइरहँदा दर्शकदीर्घामा रहेका सङ्गीत पारखीहरू उनकै लागि सिट्टी मारिरहे, ताली बजाइरहे।
अनि, साथमा केन्द्रका रूपमा थिइन् चर्चित भारतीय गायिका आसा भोसले।
उमेरले ८६ कटेकी भोसले सूर र सङ्गीतमा अझै पनि युवतीझैं लाग्छिन्।
कार्यक्रमको सेड्युलअनुरूप उनको प्रस्तुति कार्यक्रमको अन्त्यमा रहे पनि ५ सय बढीको उपस्थिति रहेको मेगा हल उनै भोसलेका पर्खाइमा थियो।
करिब साढे ३ घण्टा लामो कार्यक्रममा २० बढी गीतको प्रस्तुतिपछि स्टेज उक्लिइन् गायिका भोसले।

‘यो नेपाल अचम्मको छ, होटेल एसीबाहिर निस्कियो मौसम पनि एसी,’ स्टेजमा भोसलेको पहिलो वाक्यमा नेपाली माया सुनिन्थ्यो। उनी फेरि उसैगरी बोलिन्, ‘मलाई नेपालको धेरै माया लाग्छ, तर के गर्ने नेपाली बोल्न आउँदैन।’
‘मलाई नेपालले बोलाउन अलि छिटो गर्यो, अझ ३/४ वर्षपछि बोलाएको भए हुने, उतिबेला त म माथि पुगेसकेकी हुने थिँए। किनकि, ८६ कटेर ८७ वर्षमा हिँड्दैछु,’ भोसलेले स्टेजबाटै जीवनको उत्तरार्धमा नेपालले सम्झिदिएको आयोजकप्रति व्यङ्ग्यात्मक प्रस्तुतिका साथ धन्यवाद दिइन्।
‘मलाई नेपालले बोलाउन अलि छिटो गर्यो, अझ ३/४ वर्षपछि बोलाएको भए हुने, उतिबेला त म माथि पुगेसकेकी हुने थिँए। किनकि, ८६ कटेर ८७ वर्षमा हिँड्दैछु,’ भोसलेले स्टेजबाटै जीवनको उत्तरार्धमा नेपालले सम्झिदिएको आयोजकप्रति व्यङ्ग्यात्मक प्रस्तुतिका साथ धन्यवाद दिइन्।
‘झ–झल्काे लिएर आएछ सावन...’ यही गीतबाट भोसलेले नेपाली गायन यात्रा प्रारम्भ गरेकी थिइन्। वरिष्ठ सङ्गीतकर्मी रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध गीतले उनको नेपाली गायन यात्रा फराकिलो बन्दै गयो। त्यसयता उनले ६० बढी नेपाली गीतमा आवाज भरिसकेकी छिन्।
तिनै ६० बढी गीतमध्येबाट सङ्गीतकार रञ्जित गजमेरका पुराना गीतहरू गाउँदै भोसलेले शनिबारको चिसो साँझलाई गर्र्माइदिइन्।

उमेरले ८६ नाघे पनि आवाज र गायकीका हिसाबमा उनी नव-गायिकाझैँ फुर्तिली देखिन्थिन्।
भोसलेले स्टेज उक्लिएर ‘झरी बनी आएछ सावन...’, ‘किन बढ्दैछ ढुकढुकी मेरो...’, ‘डाँडा खोला...’, ‘मोहनी लाग्ला है...’ लगायत गीतमा प्रत्यक्ष अवाज दिइरहँदा दर्शकदीर्घामा रहेका सङ्गीत पारखीहरू उनकै लागि सिट्टी मारिरहे, ताली बजाइरहे।
भोसलेको गायकीमा साथ दिइरहेका थिए, गायक रामकृष्ण ढकाल, सङ्गीतकार स्वयम् रञ्जित गजमेर, उनकै नातिनी जुनाई भोसले र थुप्रै वाद्यवाधकहरू।
गत बुधबार दोस्रो पटक नेपाल आएकी भोसले उनै सङ्गीतकार गजमेरको आग्रहमा नेपाल आएकी हुन्।
‘उसलाई म कान्छा भनेर बोलाउँछु। गजमेर वा यो-त्यो केही जान्दिनँ। उसले बोलाएपछि म नेपाल आएकी हुँ। कान्छा बहुत मज्जाको मान्छे छ,’ नेपाल आउनुको रहस्य खोल्दै भोसलेले स्टेजमा सँगै उभिएका गजमेरको तारिफ गरिन्।



- Get link
- X
- Other Apps
Comments
Post a Comment