
‘लाइछौं बेसन,’ ‘सररर पानी घट्टमा’, ‘रुन्छ नि मन किन रुँदैन,’ ‘सुनपानीले छर्क मायालु’लगायत दर्जनौं गीतका सर्जक हुन् रमेश बिजी।
स्याङ्जामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका बिजी नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित व्यक्तित्व हुन्। सुगम संगीत र पाश्र्व संगीतमा पनि उनको नाम रुचाइँदै आएको छ ।
हालै उनी नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष पदमा निर्वाचित भएका छन्। अध्यक्ष पदका प्रत्यासी विष्णु खत्रीलाई हराउँदै उनी प्रतिष्ठानको अध्यक्ष बनेका छन्। स्थापनाकालबाटै प्रतिष्ठानका लागि काम गर्दै आएका उनी साताैं महाधिवेसनबाट अध्यक्ष बनेका छन्।
सर्जक तथा प्रतिष्ठानका अध्यक्ष बिजीले नेपालन्युजका मनोज न्यौपानेसँग लोक तथा दोहोरी क्षेत्रको श्रीवृद्घिका लागि भावी योजना तथा यसको समग्र अवस्थाबारे गरेको विशेष कुराकानीः
लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा पदभार सम्हालि रहँदा कतिको उत्साही हुनुहुन्छ?
एउटा जिम्मेवारी पक्कै काँधमा आएको छ। अध्यक्ष पद पाउँदा खुसी हुनुको पनि छुट्टै पाटो छ। प्रतिष्ठित संस्थाको अध्यक्ष पदमा निर्वाचित भइरहँदा खुसी नभइ रहनसक्ने अवस्था पनि हुँदैन।
उत्साहसँगै जिम्मेवारीवहन गर्नुपर्ने हुन्छ। त्यसैले, खुसीसँगै जिम्मेवार हुने प्रयासमा छु।
अध्यक्षमा निर्वाचित हुँदा अन्य पदाधिकारी र शुभेच्छुकको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ?
भर्खरै पदस्थापन भई काम सुरु भएको छ। प्रतिष्ठानमा राम्रो टिम आएको छ। टिमभित्रै सेलिब्रिटी हुनुहुन्छ र, प्रतिष्ठानमै लामो समय काम गर्नुभएका अनुभवी साथीहरू पनि आउनुभएको छ।
यससँगै निवर्तमान अध्यक्ष बद्री पंगेनी र अन्य पूर्वअध्यक्षहरू साथमै हुनुहुन्छ। यस अर्थमा अग्रज दाइहरूले मलाई मार्गनिर्देशन गर्नुहुनेछ र, अन्य पदाधिकारीले प्रतिष्ठानका काममा साथ दिनु हुनेछ। यही आड र भरोसामा प्रतिष्ठानका बाँकी कार्य र मेरो आफ्ना केही भिजन कार्यान्वयन गर्ने सोचमा छु। लाग्छ- यसमा सबैको सहयोग मिल्नेछ।
नेतृत्वमा आउन चाहिं तपाईंलाई कतिको सकस पर्यो?
जतिबेला राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान मात्र थियो। त्यहाँ लोक थपिएकै थिएन। हामीले दोहोरी गीतलाई बचाउनुपर्छ भन्ने उद्देश्यले यो संस्था खोलेका थियौं।
र, सुरुका दिनदेखिनै प्रत्येक कार्यकालका अध्यक्षहरूलाई सफल बनाउन विभिन्न पदमा रहेर काम गर्दै आएको मान्छे हुँ। यस अर्थमा संस्थाका लागि मेरो कामको मूल्याङ्कन गर्दा सहजै मलाई संस्थाको अध्यक्ष दिनुपर्ने हो।
र, सुरुका दिनदेखिनै प्रत्येक कार्यकालका अध्यक्षहरूलाई सफल बनाउन विभिन्न पदमा रहेर काम गर्दै आएको मान्छे हुँ। यस अर्थमा संस्थाका लागि मेरो कामको मूल्याङ्कन गर्दा सहजै मलाई संस्थाको अध्यक्ष दिनुपर्ने हो।
तर, अन्तिम अवस्थामा आइपुग्दा निकै सकस पर्यो। त्यसका विभिन्न कारण छन्। कतिपयले पदको लोभ देखाए। कतिपयले राजनीतिक धार बनाएर भोटरलाई उत्प्रेरित गर्ने काम गरे। यतिसम्मकि पैसाकै लेनदेन भएको पनि सुनेँ। यस्तो सुन्दा धेरै दुःख लाग्यो।
तर, किन त्यसो गरियो थाहा छैन किनकि प्रतिष्ठानमा आउनु भनेको दिन हो, लिन त होइन।
संस्थाका लागि केही गर्छुभन्दा तैंले गर्न पाउँदैनस् मैले गर्नु पर्छ भन्ने त हुँदैन होला ?
क्रमशः मेरो पालो आएको बेला नेतृत्वमा आउन केही सकस परेकै हो। यसलाई एउटा चुनौतीका रूपमा ग्रहण गरेको छु।
तपाईं नेतृत्वमा आउँदा कतिपय सदस्य संस्थाबाट अलग भएको कुरा पनि आए नि?
तपाईं नेतृत्वमा आउँदा कतिपय सदस्य संस्थाबाट अलग भएको कुरा पनि आए नि?
अलग हुनुभन्दा पनि उहाँहरूले उम्मेद्वारी नदिनु भएको हो। उहाँहरूको साधारण सदस्यता छँदैछ। अलग हुनुपर्ने त्यस्तो कारण केही छैन।
चुनावी प्रक्रियामा त्यस्ता १-२ वटा अप्ठ्यारा र असन्तुष्टि स्वभाविक रूपमा आउँछन् नै, त्यस्ता विषयलाई व्यवस्थापन गर्दै जानुपर्छ।

प्रतिष्ठानका लागि तपाईंको भिजन चाहिं के हो?
पहिलो कुरा त लोक तथा दोहोरी क्षेत्रसँग जोडिएर देश तथा विदेशमा रहनुभएका संगीतकर्मीले ठूलो अपेक्षा गर्नुभएको छ।
तर, यथार्थमा हाम्रो प्रतिष्ठान निजी तवरबाट सञ्चालित संस्था हो। राज्यबाट यसलाई उल्लिखित मान्यता दिइएको छैन।
तर, यथार्थमा हाम्रो प्रतिष्ठान निजी तवरबाट सञ्चालित संस्था हो। राज्यबाट यसलाई उल्लिखित मान्यता दिइएको छैन।
हाम्रा शुभचिन्तकले चाहे/सोचेजस्तो काम हामीले गर्न सकिरहेका छैनौं। धेरैजनाको लोक तथा दाहोरी गीतमा सेन्सरको माग छ। तर, सरकारले यसमा कुनै मापदण्ड बनाएको छैन।
कतिपय विकृतिजन्य गीत बजारमा आउँदा पनि प्रतिष्ठानले केही नगरेको गुनासो आउँछन्। त्यसको कारबाही वा दण्ड जरिवानाका लागि प्रतिष्ठानसँग कानुनी अधिकारी पनि छैन।
– यिनै विषयलाई केन्द्रमा राखेर राज्यसँग पहलकदमी स्वरुप सेन्सर बोर्डको स्थापना गर्ने योजना छ।
– पूर्व कार्यकालमा प्रतिष्ठानको भवन तयार भएको छ। तर, त्यसभित्रको व्यवस्थापन बाँकी छ। त्यही भवनभित्र नेपाली लोकबाजाहरूको संरक्षण र सम्वद्घैनमा पनि प्रतिष्ठान लागिपर्ने छ।
– योसँगै प्रतिष्ठानकै भवनमा संगीत प्रशिक्षणको व्यवस्थापनमा हामी जुटेका छौं।
– केन्द्रमा प्रतिष्ठानको भवन तयार भयो। अब, हरेक जिल्लामा आफ्नै भवन अभियान पनि म मेरै पालाबाट सुरु गर्न चाहन्छु, जसले प्रतिष्ठानलाई अझ व्यवस्थित र सांगठनिक बनाउन सक्छ।
– नेपाली मौलिक गीतसंगीतको खोज र संरक्षणमा कतिबद्ध र प्रतिबद्ध रहने।
– नेपाली लोकसंगीतमा लागेको स्रष्टा जो समाजमा प्रतिष्ठित नागरिकको दजार्मा हेरिएको हुन्छ। तर उसैलाई, सिंहदरबारभित्र छिर्न नागरिकता राख्नुपर्छ? उसको सामान्य नागरिकभन्दा फरक पहिचान हुँदैन र? त्यसबारे पनि सरकारसँग आवाज उठाउनेछौं।
– हामी कलाकारको जीवन उमेर छँदाका लागि मात्र हुन्छ। जीवनको उत्तरार्धमा कठिन मृत्युवरण गर्नुपरेका थुप्रै उदाहरण छन्। अब कमाएर मात्र होइन, बचाएर पनि आफूलाई सुरक्षित गर्नुपर्छ भने हेतुले संगीत बचत सहकारीको अवधारणा अगाडि सारेका छौं। यसमा पनि प्रतिष्ठानको यो कार्यकाल केन्द्रित रहनेछ।
सेन्सर बोर्डको कुरा गरिरहँदा यसको कुनै मोडुल तयार गर्न भएको छ र?
सेन्सर बोर्ड कहिले होला यो त थाहा छैन। तर, प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका सदस्यहरूलाई आफ्नो गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठानमा दर्ता गरेर प्रतिष्ठानले उक्त गीतलाई सुनेर एक प्रकारको प्रमाणपत्र पदान गर्ने छ।
सेन्सर बोर्ड कहिले होला यो त थाहा छैन। तर, प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका सदस्यहरूलाई आफ्नो गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठानमा दर्ता गरेर प्रतिष्ठानले उक्त गीतलाई सुनेर एक प्रकारको प्रमाणपत्र पदान गर्ने छ।
त्यसपछि मात्र उक्त गीत बजारमा आउन योग्य ठहरिने छ। र, गीतलाई प्रतिष्ठानले संरक्षण पनि गर्ने छ। यसका लागि प्रतिष्ठानले सानो रकम, दुई/तीन सय रुपैयाँ लिएर काम अघि बढाउने योजना हो।
यो एउटा कानुनी उपचारभन्दा पनि नैतिक दबाब बन्न सक्छ। जसले हाम्रो लोक संस्कृति संरक्षणमा राम्रो इँटा थप्न सक्छ। यो एउटा प्रतिष्ठानको छुट्टै सेन्सर बोर्ड बन्न सक्छ।
यतिका अवधारणा सार्वजनिक गरिरहँदा यसलाई व्यवहारमा लैजान कतिको सहज छ? आफ्नो टिममाथि कतिको विश्वस्त हुनुहुन्छ?
म एक्लै त के गर्न सक्छु र? तर, मेरो टिममाथि मलाई विश्वास छ। सुरुआतमा केही गरौं भनेर स्फूर्तिका साथ अगाडि आउनु भएको छ, जसले मलाई झन् ठूलो आँट दिलाएको छ।
प्रतिष्ठानका अग्रज प्रतिनिधिले सिकाएको पाठ, नयाँ साथीहरूको उत्साह र मेरो आफ्नै भिजनलाई लिएर अघि बढ्नुछ। काम गर्न धेरै बाँकी छ, तर असम्भव पक्कै छैन।
प्रतिष्ठानकाे प्रमुख भएर आइरहँदा कुन विषयलाई चाहिँ चुनौतीको रूपमा लिनु भएको छ?
पहिलो कुरा त ३० हजारभन्दा बढी हाम्रा साधारण सदस्य हुनुहुन्छ। उहाँहरूलाई एक मत बनाएर, बुझाएर काम गर्नसक्नु नै पहिलो चुनौती हो।
किनकि सबैले एकै तरिकाले बुझ्न हुन्न। यतिसम्म कि, प्रतिष्ठानमा बसेका प्रतिनिधिले तलबभत्ता खान्छन् सम्म भन्नु हुन्छ। ताकि हामी चियाको पैसा पनि आफैं व्यहोरिरहेका हुन्छौं। संस्थाको पैसा अपचलन गर्ने हो भने यत्रो भवन निर्माण हुँदैन थियो होला !
यसकारण सबै साधारण सदस्यलाई लोक तथा दोहोरी प्रतिष्ठानका पदाधिकारीले निस्वार्थ भावमा, लोक तथा दाहोरी क्षेत्रको संरक्षण र उत्थानका लागि पदाधिकारीले काम गरिरहेका छन् भन्ने बुझाउन सक्नु नै पहिलो चुनौती हो। यो नबुझाएसम्म कुनै पनि काम र्गन सहज छैन।
बाँकी गर्दै जाने हो, वातावरण बनाउँदै जाने हो। हिजो अर्काको कोठामा भाडा तिरेर काम गथ्र्यौ, अब आफ्नै भवन छ। जेन तेन पानी बत्तीको पैसा तिर्न प्रतिष्ठान सक्षम छ।
हामीले देश तथा विदेशमा धेरै पैसा सहयोग माग्यौं, त्यसैले पनि अब लोक तथा दोहोरी प्रतिष्ठान र लोक तथा दाहोरी संस्कृतिको श्रीवृद्घिमा लाग्नु नै हाम्रो विकल्प हो।
तपाईंभन्दा अघिका कार्यकालमा पनि कलाकारका अधिकारका कुरा, सरकारी परिपचय–पत्रका कुरा नभएका होइनन् तर पूरा भएको पाइएन। यो नेतृत्वको कमजोरी थियो या आफैंमा जटिल विषय भएर हो? तपाईं यसमा कसरी अघि बढ्नु हुन्छ?
यसलाई म नेतृत्वको कमजोरी भन्दै भन्दिनँ। किनकि यसअघिको कार्यकालमा रहनु भएका बद्री पंगेनीको जति पहुँच कर्मचारीमा होस् या राजनीतिक हिसाब, त्यति म आफैं पनि राख्न सक्दिनँ।
उहाँले पनि तपाईंले उठाउनु भएको विषयमा धेरै प्रयास गर्नु भएको हो। तर, प्रतिष्ठान वा कसैको एक्लो पक्षलाई मात्र हेर्नु उपयुक्त हुँदैन।
सरकारी तवरबाट कुन मापदण्डमा कसरी दिने हो? हजारौं कलाकार भएको ठाँउमा कसरी वर्गीकरण गरेर दिने? यी पक्षमा राज्य आफै पनि तयार भइसकेको छैन।
वैज्ञानिक हिसाबमा एउटा संरचाना बनाउनु आफैंमा चुनौती भएको मन्त्रालयलयले यसमा धेरै समय लगायो।
अर्कातर्फ राज्यका निकाय पनि त्यतिकै गैरजिम्मेवार छन्। जस्तोः एक समय संगीत नाट्य प्रतिष्ठानले कलाकारलाई राष्ट्रिय परिचयपत्र दियो। जहाँ कलाकारभन्दा गैरकलाकारले बढी परिचय पत्र प्राप्त गरे। यस्ता विषयले पनि कतिपय काम अल्झिरहेका छन्।
तपाईंले भन्न खोज्नु भएको सबै काममा राज्य नै बाधक बनेको हो?
यसअघि बद्री पंगेनी पनि कालकारको हक हितका लागि लड्नु भएको हो, तर त्यो कार्यकालमा पूरा हुन सकेन। अब, म पनि लड्ने छु। तर, सफल होला नहोला !
यसअघि बद्री पंगेनी पनि कालकारको हक हितका लागि लड्नु भएको हो, तर त्यो कार्यकालमा पूरा हुन सकेन। अब, म पनि लड्ने छु। तर, सफल होला नहोला !
राज्यका हरेक निकायमा प्रभावकारी स्थिरता छैन। सरकारमा कहिले को आउने, कहिले को आउने यस्ता गतिविधिले कार्यसम्पादनमा बाधा ल्याउँछ।
राज्यका हरेक निकायमा निष्ठा नै छैन। कतिपय प्रपोजल लगेर जाँदा त्यसलाई हेरिँदैन। ‘हुन्छ, हस्’ भन्यो, आश्वासन दियो अर्कातिर हिँड्यो यस्ता विषय सरकारी कार्यालयमा हाबी छन्।
हाम्रो प्रतिष्ठनका विषयमा पनि यस्ता हस/हुन्छ भन्ने धेरै आए। चिप्लो/लोलोपोतो गर्ने धेरै देखिए, तर, मन्त्रालयभित्र पसिसकेपछि रुप परिवर्तन गर्ने प्रवृत्तिले हामीलाई अल्मल्याइरहेको छ।
एकातिर, प्रतिष्ठानका लागि गर्नु पर्ने काम, अर्कातिर, तपाईंको भिजन अनि राज्यस्तरको सुस्तता पनि छँदैछ, तपाईंको कार्यकाल पनि कतै अलमलमै बित्ने हो कि?
मैले जति उद्देश्य तय गरेको छु, सबै निजी तवरबाटै गर्न सकिने काम छन्। एउटै मात्र काम हो, राज्य स्तरबाट मान्यता प्राप्त सेन्सर प्राणाली भइदिए, हाम्रा गीतसंगीत एकद्वार प्रणालीबाटै सार्वजनिक हुने थिए।
बजारमा पनि हामीले गाली खाने थिएनौं। अरुकाम त निजि स्तरबाटै सम्पन्न गर्न सकिने नै छन् नि।
हामीलाई राज्यले होइन, बरु राज्यलाई समस्या परेका बेला, प्राकृतिक विपत्तिका बेला हामीले सकेको सहयोग गरेका छौं। यसकारण हामी सबै कुरामा सरकारको मुख ताक्दैनौं। सकिन्छ राज्यसँगै सहकार्य गरेर अघि बढ्ने हो नत्र आफ्नो बाटो त छँदै छ।
लोक तथा दोहोरी प्रतिष्ठान भनिए पनि काम दोहोरी क्षेत्रको मात्र गर्ने, अनि प्रतिनिधी पनि त्यतैबाट आँउने गरेको र लोक क्षेत्रलाई उपेक्षा गरिएको तपाईंहरूको संस्थालाई आरोप लाग्ने गरेको छ नि?
आंशिक रुपमा यो आरोप सत्य नै छ। किनकि संस्था स्थापनाकालमा ‘राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान’ भएकाले त्यतैबाट संलग्नता बढी भएको हो।
खासमा दोहोरी लोक संगीतको सानो हाँगो मात्र हो। यसको मुख्य जरा भनेको त लोकसंगीत नै हो।
संस्थाको विकासक्रम अनुसार दोहोरी प्रतियोगिता लगात क्रियाकलाप बढे, तर, लोकगीतका बारेमा के गरियो भनेर प्रश्न आउनु स्वभाविक हो।
तर, अबको हाम्रो नेतृत्वको लक्ष्यमा भने लोकक्षेत्र अवश्य समेटिने छ। हरेक भाषाभाषी, जाताजाती, क्षेत्रीय, प्रादेशिक यस्ता क्षेत्रका लोक गीतसंगीतलाई पनि प्रतिष्ठानले संरक्षण गर्ने योजनामा छौं।

यसका साथै लोक गीत-संगीतको खोजका लागि राज्यले केही बजेट छुट्याइदिए अझै सहज र प्रभावकारी बन्ने थियो।
पक्कै पनि मुहानलाई बिर्सेर खोलीको कल्पना गर्नु मुर्खता हो। त्यसैले लोक गीत÷संगीतलाई बिसर्ने भन्दा पनि यसका लागि झनै मिहिनेत गर्नु पर्ने आवश्यकता महसुस गरेका छौं।
लोक गीत संगीतमा संरक्षण गर्ने भनिरहँदा स्रष्टा र सर्जकले नै यसलाई आधुनिकीकरण गरिरहेका छन्, रिमिक्स, दोहोरी ब्याटलजस्ता नामबाट लोकलयमा मिसावट आइरहेको छ। यस सन्दर्भमा प्रतिष्ठानको ठोस नीति के हुन सक्छ?
समय सान्दर्भिक भएर कलाकार प्रस्तुत हुनु नाजायज होइन। समयले के माग्यो त्यो परिवर्तनमा हामी सबै जानैपर्छ। तर, लोकसंगीत भनेको हाम्रो संस्कार हो। संस्कारलाई मासेर संगीतमात्र बोकेर हिँड्ने हो भने त्यो अर्थविहीन रहन्छ।
पछिल्लो समय लोक गीत-संगीत चलिरहेको छ। तर, यही क्षेत्रलाई नै मान्छेले प्रयोगशालाका रूपमा लिए। यहाँ जे पनि प्रयोग गर्ने प्रवृत्ति हावी भयो। चले चल्छ, चलेन ठीक छ।
यो सन्दर्भमा केही गति हिट पनि भए किनकि पृथकता बोकेर केही कुरा बजारमा आउँछ भने त्यसलाई चाख्नकै लागि भए पनि उपभोग गरिन्छ नै। तर, ती प्रयोग गरिएका गीतसंगीतको आयु कति रहने भन्ने कुराले पनि अर्थ राख्छ।
अर्कातर्फ, ठेट लोक गीतमा रहेर काम गर्न धेरै गाह्रो छ। सामान्य कलाकारिताले यो काम गर्न सम्भव छैन। त्यसकारण यहाँ कला हुनेले कला देखाउने हो, नत्र चर्तिकला देखाउने हो। पछिल्लो समय यहाँ कला नभएर चर्तिकला बिकिरहेको छ र त्यसैले पछ्याउनेका भीड बढेको छ।
आज सम्म नारायणा गोपाल झलक मानहरू किन मर्दैनन् त्यहाँ आफ्नोपन थियो। तर, आज चर्तिकला देखाउनेमा यो निरन्तरता लोकप्रियता पक्कै कायम रहन सक्दैन।
यस्ता विषय भाइरल हुन्। भाइरल लामो समय टिक्दैन र फेरि सुधार हुन्छ। बाँकी प्रतिष्ठानले पनि निश्चित खाका बनाएर सेन्सरमा लगेर लोक संस्कृति, लोकलय र लोकसंगीत सम्वर्धनमा नैतिक दवाव दिने नै छ।
यसमा हामी निरन्तर लागि रहनेछौं।
प्रकाशित: Dec 14, 2019 | 09:55:18
Comments
Post a Comment