- Get link
- X
- Other Apps
- मनोज न्यौपाने माघ १५, २०७६ | बुधबार | काठमाडौं

नेपाली हाँस्य कलाकारितामा राम्रो पहिचान बनाउन सफल कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पछिल्ला वर्ष सामाजिक कार्यमा व्यस्त छन्।
२०७२ सालको भूकम्पपछि उनी कलाकारिताभन्दा बढी सामाजिक कर्ममै व्यस्त छन्।
भूकम्पपीडितका लागि बस्ती निर्माण, बाढीपीडितका लागि बस्ती निर्माणदेखि वीर अस्पताल सरसफाइ हुँदै उनी यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा जुटेका छन्। यससँगै उनी आफ्नै प्रस्तुतिमा रहेको नयाँ फिल्म ‘सेन्टी भाइरस’ लिएर दर्शकमाझ आउँदैछन्।
विशेष गरेर ‘मेरी बास्सै’ टेलिशृङ्खलाबाट नेपाली दर्शकमा परिचित धुर्मुस अभिनयका हिसाबले अब्बल मानिन्छन्। क्यारिकेचर चरित्र अभिनेताका रूपमा धुर्मुस नेपाली दर्शकमाझ लोकप्रिय छन्। सामाजिक कार्यबाट उनी अझै लोकप्रिय बनिरहेका छन्।
यद्यपि, उनी सामाजिक कार्यमा भने समय-समयमा आलोचना बेहोर्दै आएका छन्। सामाजिक कार्यमा अनियमितता गर्ने गरेको अथवा राष्ट्रले गर्नुपर्ने काममा व्यक्ति अघि सरेकोजस्ता आलोचना धुर्मुस सुन्तली फाउन्डेसनले बेहोर्दै आएको छ।
उनी सामाजिक कार्यमा भने समय-समयमा आलोचना बेहोर्दै आएका छन्। सामाजिक कार्यमा अनियमितता गर्ने गरेको अथवा राष्ट्रले गर्नुपर्ने काममा व्यक्ति अघि सरेकोजस्ता आलोचना धुर्मुस सुन्तली फाउन्डेसनले बेहोर्दै आएको छ।
यता धुर्मुस सुन्तली भने आलोचनालाई बेवास्ता गर्दै सामाजिक कार्य अघि बढाइरहेका छन्। यसअघिका कार्यक्रममा कम आलोचना बेहोरेका धुर्मुस-सुन्तलीले क्रिकेट रङ्गशाला निर्माणमा भने ठुलै विवाद झेल्नुपर्यो।
सरकारी कार्यमा जनस्तरको सहयोग किन? भन्ने देखि लिएर रङ्गशाला निर्माण क्षेत्रका स्थानीयको गुनासोलगायतका विषय फाउन्डेसनको टाउको दुखाइको विषय बन्यो। तथापि, विवाद सुल्झाएर फाउन्डेसन रङ्गशाला निर्माणमा जुटेको छ।
यस्ता विवादित विषयमा बेला-बेला धुर्मुस सुन्तली सफाइ दिँदै आएका छन्। वीर अस्पताल सरसफाइ कार्यक्रममा होस् वा क्रिकेट रङ्गशाला सहयोग जुटाउने कार्यमा होस्, उनीहरू आफ्नो सफाइ दिँदै आएका छन्।
यसै क्रममा धुर्मुसले आफ्नो फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक कार्यक्रममा आफ्ना विचार राखे।
जहाँ उनी फिल्मसँगै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विषय वारम्बार जोड्न पछि परेनन्। कारण फिल्मको प्राप्त आम्दानीको ५० प्रतिशत रकम रङ्गशालामै खर्च गरिने निर्माण युनिटले बताउँदै आएको छ।
कार्यक्रममा धुर्मुसका कुराले उनी स्वयं र उपस्थित केही कलाकर्मीहरू दीपाश्री निरौला, रमेश उप्रेतीलगायत भावुक भए।
आफूले निर्माण गरेको फिल्म राम्रो भएको तथा फिल्म सिङ्गो नेपालको ‘प्रोजेक्ट’ अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणसँग जोडिएकाले सबै दर्शकलाई फिल्म हेरिदिन अपिल गरे।
‘फिल्म हेरिदिनुस्, तपाईंहरूले काटेको टिकटको खेर जाँदैन, किनकि फिल्ममा मनोरञ्जन छँदैछ, सँगै देशका लागि सानो सहयोग हुन्छ,’ उनले कार्यक्रमबाटै सबै दर्शकलाई अपिल गरे।
‘कैयौं रात सुतिएन होला, कैयौं रात खाएको छैन होला, तर एकदिन हाम्रो अभियान/परियोजना पूरा हुनेछ,’ आफ्नो कर्मप्रति उनी पूर्ण विश्वस्त देखिए।
‘मानव हुँ केही त्रुटी कमीकमजोरी भए कृपया माफी दिनुहोस्,’ यति भनिसक्दा उनी भावुक भए। उनको आँखामा टिलपिल आँसु प्रस्ट देखिन्थ्यो। सायद समय-समयमा आउने आलोचना सम्झिए क्यार! धुर्मुसले अनि थपे, ‘६ वर्षदेखि आफ्नो पेसा, घर-परिवार, सानी छोरी सबै कुरा छोडेर बिहान ४ बजेदेखि राति ११ बजेसम्म म देशका लागि खटिइरहेको छु, त्यसमा पनि कलाक्षेत्रको प्रतिनिधित्व गरेर।’
‘कैयौं रात सुतिएन होला, कैयौं रात खाएको छैन होला, तर एकदिन हाम्रो अभियान/परियोजना पूरा हुनेछ,’ आफ्नो कर्मप्रति उनी पूर्ण विश्वस्त देखिए।
देशको राजनीतिक परिस्थिति र विकास निर्माणमा देखिने गरेका ढिलासुस्ती, अनियमिता राजनीतिक भागबण्डाप्रति असन्तुष्ट धुर्मुसले यी सबै विषयलाई परास्त गर्न आफैं लागिपर्नुपर्ने धारणा राखे।
कार्यक्रममा विशेष गरेर कलाक्षेत्रको प्रतिनिधित्व गर्ने कलाकारको अभियानलाई कलाक्षेत्रकै साथ सहयोगको अपेक्षा रहेको र कार्य योजना सफल भएपछि पनि नेपाली कलाक्षेत्रले नै त्यसको ‘क्रेडिट’ लिन पाउने भन्दै उनले सम्पूर्णमा सहयोगको अपिल गरे।
- Get link
- X
- Other Apps
Comments
Post a Comment