- Get link
- X
- Other Apps
- मनोज न्यौपाने चैत १३, २०७६ | बिहीबार | दमक

नेपाल यतिबेला पूर्ण रुपमा लकडाउनको अवस्थामा छ। अत्यावश्यक सेवाबाहेकका गतिविधि शून्यप्रायः छ। विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट ठूलो क्षति हुनबाट जोगिन नेपालले विशेष सावधानी अपनाइरहेको छ। भाइरस संक्रमणबाटजोगिन केके गर्न सकिन्छ भन्ने सूचना, सन्देश तथा विभिन्न गतिविधि सरकारले बढाइरहेको छ।
यस क्रममा भाइरसको संक्रमणबाट जोगिन केके गर्न सकिन्छ भन्ने सन्देश प्रभावमा कलाकारको पनि उपस्थिति उल्लेख्य देखिएको छ। कलाकारले विभिन्न गीत-संगीत, कमेडीको माध्यम तथा सामाजिक सञ्जालबाट आफ्ना-फ्यानफ्लोवर्समा कोभिड-१९ बाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने सन्देश प्रवाह गरिरहेका छन्।
यसैक्रममा नेपाली सेलेब्रिटीहरूले आफ्ना दर्शकमाझ ल्याएका केही कोरोनाभाइरस सम्बन्धी सचेतनामूलक केही गीत-संगीतः
राजु परियारको कोरोनाभाइरस
बाँच्ने रहर हुँदाहुँदै, कालले पासो भिरिसक्यो
चाइनाबाट कोरोनाभाइरस संसारभरि छिरिसक्यो
भोकमारी त थियो थियो, रोगमारीले पिर्नु पिर्यो,
कालो बजार चलाउनेको लुटिखाने दिन फिर्यो...
चाइनाबाट कोरोनाभाइरस संसारभरि छिरिसक्यो
भोकमारी त थियो थियो, रोगमारीले पिर्नु पिर्यो,
कालो बजार चलाउनेको लुटिखाने दिन फिर्यो...
यस्ता शब्द संकलन गरेर रचनाकार रोमहर्ष भण्डारीले तयार गरेको गीतमालोक तथा दोहोरी गायक राजु परियार र मञ्जु सुनारको अवाज सन्न सकिन्छ।
सञ्जय सिर्पालको एरेन्जमा तयार गीतमा कोरोनाभाइरसको संक्रमणबाट कसरी बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गरिएको छ।
सञ्जय सिर्पालको एरेन्जमा तयार गीतमा कोरोनाभाइरसको संक्रमणबाट कसरी बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गरिएको छ।
गीतको भिडियो
मेलिना र विनयको ‘कोरोना’
गायिका मेलिना राई र गायक विनय कार्कीले कोरोनासम्बन्धी ‘कोरोना’बोलको नयाँ गीतबजारमा ल्याएका छन्।
कोरोना, कोरोना
रोगभन्दा बढी त्रास फैलियो हेर न
सेनेटाइजर मास्कको प्रयोग सधैं गर न...
रोगभन्दा बढी त्रास फैलियो हेर न
सेनेटाइजर मास्कको प्रयोग सधैं गर न...
सविन लामाको शब्दमा तयार गीतमा कोरोनाभाइरसका सम्बन्धमा फैलिएको अफवाह र भाइरसबाट बाँच्न आपनाउनुपर्ने सन्देश गीतमा सुन्न सकिन्छ। गीतमा मेलिना र विनयका साथमा रचनाकार लामा र सुसान कँडेलको पनि स्वर सुन्न सकिन्छ।
गीतको भिडियोमा नेपालका चर्चित कलाकारहरूको अभिनय देख्न सकिन्छ। अभिनेता सरोज खनाल, उत्तम केसी, दमन रुपाखेती, सुवास गजुरेल, शिशिर भण्डारीलगायतको अभिनय रहेको गीतको भिडियोले आमदर्शक, स्रोतामाझको भिड-१९ बाट बाँच्नका लागि सन्देश प्रवाह गरेको छ।
गीतको भिडियो
सरोज ओलीको कोरोनासम्बन्धी सार्वजनिक सचेतना गीत
रचनाकार तथा गायक सरोज ओलीले चर्चित सेलेब्रिटीहरूको उपस्थितिसहित कोरोना भाइरससम्बन्धी सचेतनाका लागि नयाँगीत बजारमा ल्याएका छन्।
कोरोना भाइरसको संक्रमण हुनसक्छ,
कोरोना भाइरसबाट सचेत हुनपर्छ...
कोरोना भाइरसबाट सचेत हुनपर्छ...
यस्तै शब्दहरूको संकलन गरी तयार गीतमा संक्रमणबाट बाँच्न तथा संक्रमण भएमा त्यसका लक्षण र बाँच्ने उपायहरू सुझाइएको छ।
डेडिट शंकर र बेनिशा पौडेलको आवाजमा तयार गीतमा दीपक शर्माको संगीत सुन्न सकिन्छ।
गीतमार्फत् दर्शक स्रोतामाझ कोरोनासम्बन्धी सचेतना फैलाउन भिडियोमा वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्णश्रेष्ठ, हरिवंशआचार्य, गायक शम्भुजीत बाँसकोटा, दीपकराज गिरी, दीपाश्री निरौला, सुनिल थापा, सरोज खनाल, सरिता लामिछानेलगायतको उपस्थिति देख्न सकिन्छ।
गीतमार्फत् दर्शक स्रोतामाझ कोरोनासम्बन्धी सचेतना फैलाउन भिडियोमा वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्णश्रेष्ठ, हरिवंशआचार्य, गायक शम्भुजीत बाँसकोटा, दीपकराज गिरी, दीपाश्री निरौला, सुनिल थापा, सरोज खनाल, सरिता लामिछानेलगायतको उपस्थिति देख्न सकिन्छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तयार गीतको भिडियोेमा शंकर धितालको निर्देशन, निश्चल पौडेलको छायांकन तथा अमनमानन्धरको सम्पादन छ।
गीतको भिडियो
सेवा फिल्मस्को आयो काेराना
सेवा फिल्मस्ले तयार गरेके नयाँ गीतआयो कोराना पनि बजारमा सार्वजनिक छ। जहाँ कारोना भाइरसका सम्बन्धमा रामाइलो भिडियोका साथ सचेतना फैलाउने प्रयास गरिएको छ।
बाबु, कार्साङ्, आकाश र सन्तोषको आवाजमा तयार गीतलाई बाबु जिम्बाले लेखेका हुन्। गीतमा सार्वजनिक सूचना प्रवाह गर्ने उद्देश्यले कलाकारहरू रामचन्द्र अधिकारी (काजीबा), सुरवीर पण्डित (दाह्री बा) बीबी आलेमगरलगायतको अभिनय देख्न सकिन्छ।
गीतको भिडियो
आउन सक्छ कोरोना भाइरस...
केही हप्ताअघि सार्वजनिक गरिएको कोरोना भाइरससम्बन्धी सचेतना जगाउन तयार गीत हो- ‘आउन सक्छ कोरोना भाइरस, सचेत होऔं है मनमा पीर लाइराछ...।’
केही हप्ताअघि सार्वजनिक गरिएको कोरोना भाइरससम्बन्धी सचेतना जगाउन तयार गीत हो- ‘आउन सक्छ कोरोना भाइरस, सचेत होऔं है मनमा पीर लाइराछ...।’
गीतलाई चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले तयार गरेकाहुन्। शर्माकै शब्द संगीतमा तयार गीतमा स्वर पनि शर्मा स्वयंले भरेकाछन्।
गीतको भिडियो
रेशम सापकोटा र मञ्जु गुरुङको ‘कोरोना भाइरस’
विश्वभरि आइसक्यो दशा, दशा बनी कोरोना भाइरस
भनिदेउ डाक्टरसाव के-के होला ए!
कोरोना भाइरसबाटबँच्ने उपाए...
भनिदेउ डाक्टरसाव के-के होला ए!
कोरोना भाइरसबाटबँच्ने उपाए...
यस्तै शब्दहरूको संयोजनबाटकोरोना भाइरसका सम्बन्धमा सचेतना फैलाउने काम गरेकाछन् रेशम सापकोटाले। रचनाकार सापकोटाकै संगीत तथा स्वर रहेको गीतमा मञ्जु गुरुङ, राजनपौडेल, पवित्रा रिजाल, गोविन्द ओली, धर्तिमा थापाको पनि आवाज सुन्न सकिन्छ।
लोकदोहोरी विधाअन्तर्गत रहेर निर्माण गरिएको यस सन्देशमूलक गीतलाई तरेली संगीतकुञ्ज युट्युव च्यानलमा सुन्न सकिन्छ।
गीतको भिडियो
पुरुषोत्तम न्यौपानेको भाइरस रोकथामसम्बन्धी गीत
गायक तथा रचनाकार पुरुषोत्तम न्यौपानेले पनि महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम सम्बन्धि गीत सार्वजनिक गरेर सचेतना फैलाउने काम गरेका छन्।
- आयो भन्छन् कोरोना भाइरस, किनकिन मनमा पिर लाइराछ, मिर्मिमुनी कालीथुनेको
मरिन्छरे कोरोना भाइरसले, साँच्चै हो कि हल्ला सुनेको... - ठूलो सानो गरिब न धनी, त्यही सोचाइमा पुर्याछु म पनि कत्ति चिन्ता नलेउ नानीले,
भिडमा नजाम्, मास्कलगाम मुखमा, हात धोइराखुम् साबुनपानीले...
गीतको भिडियोलाई प्रत्यक्ष दोहोरी कार्यक्रमको शैलीमा प्रस्तुत गरिएको गीतमा गायक पुरुषोत्तमसँगै माया गुरुङ, ज्योती लोहनी र ईश्वर सिंहको आवाज सुन्न सकिन्छ। गायक न्यौपानेकै शब्द संगीतमा तयार गीतलाई न्यौपानेकै अफिसियल युट्युव च्यानलमा हेर्न सकिन्छ।
गीतको भिडियो
यसैगरी कलाकार जितु नेपालले आफ्नो कार्यक्रम ‘मुन्द्रेको कमेडी’मा कोरोना भाइरसका बारेमा सचेतना फैलाउने उद्देश्य सहित कार्यक्रम तयार गरे। उनले कमेडी कार्यक्रममा कमेडी शैलीमा नै जनतालाई भाइरसबारे सचेतना फैलाउने काम गरेका हुन्।
अन्य सेलेब्रिटीले पनि सामाजिक सञ्जालका माध्यमबाट आफ्ना प्रशंसकहरूलाई भाइरस संक्रमणबाटजोगिन अपनाउनुपर्ने सुझाव दिँदैं आएकाछन्, घरमै बसेर संयमता अपनाउनआग्रह गरेका छन्। विशेष गरेर सामाजिक सञ्जालमा लाखौं प्रशंसकहरूसम्म पहुँचमा रहने कलाकारहरूको सन्देशमूलक अभियान पक्कै पनि महत्वपूर्ण र अर्थपूर्ण हुनसक्छ।
original post: https://nepalnews.com/life-arts/20329-2020-03-26-08-27-31
- Get link
- X
- Other Apps
Comments
Post a Comment