- Get link
- X
- Other Apps
- मनोज न्यौपाने मंसिर १८, २०७६ | बुधबार | काठमाडौं

फिल्म ‘लुट’मा हाकु काले बनेर नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल अभिनेता सौगात मल्ल यतिबेला फिल्म ‘माछा माछा’को प्रमोसनमा व्यस्त छन्।
मङ्सिर २० गतेबाट हल प्रवेशको तयारीमा रहेको ‘माछा माछा’बाट सौगात उत्साहित पनि छन्। कारण, पछिल्लो समय बक्स अफिसमा असफलता भोगिरहेको सौगातका लागि ‘माछा माछा’ करियरका लागि महत्त्वपूर्ण हुनेछ।
फिल्ममा जीवन्त अभिनय गर्न सक्षम सौगातले ‘लुट’पछि धेरै फिल्ममा फरक-फरक पात्रमा रहेर अभिनय गरे।
सौगातको अभिनय अधिकांश दर्शकका लागि प्रशंसाको विषय बन्यो, निर्देशक निर्माताका लागि सौगात प्रिय भए। समय बित्दै जाँदा सौगातको ‘भर्साटिलिटी’मा कमी देखियो। अर्थात्, उनको अभिनयको जादु बक्स अफिसमा चल्न छोड्यो। तर, यो विषयप्रति सौगात निराश छैनन्।
सौगातको अभिनय अधिकांश दर्शकका लागि प्रशंसाको विषय बन्यो, निर्देशक निर्माताका लागि सौगात प्रिय भए। समय बित्दै जाँदा सौगातको ‘भर्साटिलिटी’मा कमी देखियो।
‘व्यापारिक विषय एउटा हो, तर पनि दर्शकले मन पराएकै छन्। फिल्मको अफरमा पनि कमी आएको छैन,’ सौगात सुनाउँछन्।
सौगात मल्ललाई फिल्म ‘लुट’को ‘हाकु काले’ पात्रको ह्याङओभरमै पो अल्झिएको तथा हाकु काले पात्रझैँ ‘लाउड’ले अलमलाएको हो कि भन्ने आरोप पनि लाग्ने गरेको छ।
पछिल्लो समय पनि, ‘पोइ पर्यो काले’लाई छोडेर सौगातका अन्य फिल्म र पात्र ‘लाउड’ रूपमै प्रस्तुत छन्।
यो उनको चाहना हो या निर्माता र निर्देशकको माग हो?
यो प्रश्नको चित्त बुझ्दो जवाफ सौगातसँग छैन। सौगात आफै रणभुल्लमा छन्, कि म कुन पात्रलाई कसरी निर्वाह गरिरहेको छु। भन्छन्, ‘म प्रायः फिल्ममा एकैखाले अभिनय गरिरहेकै छु जस्तो लाग्दैन, न त म लाउड रूपमा नै प्रस्तुत हुँदैआएको छु, साँच्चै भन्ने हो भने म आफैंलाई थाहा हुँदैन म ‘लाउड’ भएर अभिनय गरिरहेको छु।’

सौगातले आफ्नो पात्र अनि अभिनय आफै मूल्याङ्कन गर्न नसके पनि दर्शक तथा समीक्षकले भने मूल्याङ्कन गरिरहेकै हुन्छन्। यस कुरामा भने उनी सहमत छन्। सौगात भन्छन्, ‘म कुनै फिल्ममा ‘लाउड’ भएर काम गर्छु भनेर पनि आउँदिन, तर भइदिन्छ त्यस्तै। किनकि, लुटमा पनि मैले यस्तो हो, उस्तो हो भनेर अभिनय गरेको थिइनँ, पछि समीक्षकले भनेपछि थाहा भयो ‘लाउड’ भएछ।’
एउटा पात्रभन्दा सिङ्गाे स्क्रिप्ट बलियो हुनुपर्ने मत राख्ने सौगात पछिल्ला वर्ष सफल फिल्म दिन चुकिरहेका छन्। गुणात्मक फिल्मभन्दा सङ्ख्यात्मकमै व्यस्त सौगात आफ्नो करियरमा फिल्मको सफलता अर्थपूर्ण मान्छन्। यद्यपि, कलाकारको जीविकोपार्जनमै प्रश्न उठ्छ भने त्यहाँ फिल्मको सफलताभन्दा कामको महत्त्व बढी हुने मत राख्छन् उनी।
यसो भनिरहँदा सौगात अभिनय क्षमता भएर पनि पैसामुखी भयो भन्ने आरोप पनि लाग्दैआएको छ। यस सम्बन्धमा सौगात भन्छन्, ‘सबैभन्दा पहिलो त आफू बाँच्नुपर्यो, अनिमात्र फिल्मको कुरा आउँछ। सफलता असफलताको कुरा आउँछ।’
‘पहिलो कुरा त पैसाकै लागि काम गरिन्छ जस्तो लाग्छ। यो विषयलाई लिएर कुरा गर्दा म अभिनयबाहेक अन्य कामसँग जोडिएको भए सङ्ख्यात्मकमा भन्दा गुणात्मकमा ध्यान दिन्थें होला, तर त्यो अवस्था छैन,’ उनी थप्छन्, ‘बरु आजकल यतातिर पनि सोच्दैछु। अन्य काम गरेर अभिनयमा सङ्ख्या कम गर्ने पो हो कि!’

Comments
Post a Comment