- Get link
- X
- Other Apps
- मनाेज न्याैपाने बैशाख ६, २०७७ | शनिबार | काठमाडाैं

‘म ट्विटर हेर्ने काम बढी गरिरहेको छु। त्यहाँ हुने गतिविधि नियालिरहेको छु,’ पंगेनी थप्छन्, ‘ट्विटरमा अमृत र विष दुवै पाइने रहेछ। अब, कुन कुरालाई उपभोग गर्ने त्यो जिम्मा प्रयोगकर्तामै भर पर्दोरहेछ।’
विश्वमा दैनिक १ सय ४५ मिलियन बढी सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताहरू सक्रिय छन्। प्रयोगकर्ताहरूको भीडमा नेपाली सेलिब्रेटीहरूको उपस्थिति भने न्यून छ। अन्तर्राष्ट्रियस्तरमा सेलिब्रेटीहरूले ट्विटरलाई नै आफ्ना विचार प्रशंसकसम्म पु¥याउने माध्यमका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ।
नेपालमा भने सेलिब्रेटीको क्रेज त्यस्तो पाइँदैन। तर, पछिल्लो समय केही कलाकर्मी ट्विटरप्रति आकर्षित देखिन्छन्। यसक्रममा गायक बद्री पंगेनी हालै मात्र ट्विटरमा जोडिएका छन्।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण देश लकडाउनमा छ। जनता घरभित्रै बसेर रमाउनुपर्ने बाध्यता पनि उस्तै। यही बाध्यतामा बाँधिएर काठमाडौंस्थित आफ्नै घरमा रहेका गायक पंगेनीले लामो समययता ट्विटरमा रमाउने योजना बुन्दै आएका थिए। उनका लागि उक्त योजना पूरा हुन लकडाउनकै समय उपयुक्त बनकोे छ।
नेपालन्युजसँग कुरा गर्दै गायक पंगेनीले भने, ‘सुन्दै आएको थिएँ, ट्विटरमा सामाजिक, आर्थिक राजनीतिक र व्यक्तिगत विचारहरूको ठूलो बहस चल्छ। बौद्धिकस्तरका विचारहरू साटासाट हुन्छन् भनेर तर, समय नमिलेर एकाउन्ट खोल्न पनि भ्याएको थिइँन। अब, लकडाउनको समय नै मेरा लागि उत्तम बन्यो। ढिलै भएपनि ट्विटर प्रयोगकर्ता बनेको छु। अनुभव लिदैंछु।’
गत अप्रिल ५ तारिखबाट पंगेनी ट्विटरको दुनियाँमा प्रवेश गरेका हुन्। पंगेनीलाई हालसम्म ४५ सय बढी प्रयोगकर्ताले पछ्याएका छन्। उनले आफ्ना विचारहरू पनि ट्विट गरिरहेका छन्, तर पनि भन्छन्, ‘म ट्विटर हेर्ने काम बढी गरिरहेको छु। त्यहाँ हुने गतिविधि नियालिरहेको छु,’ पंगेनी थप्छन्, ‘ट्विटरमा अमृत र विष दुवै पाइने रहेछ। अब, कुन कुरालाई उपभोग गर्ने त्यो जिम्मा प्रयोगकर्तामै भर पर्दोरहेछ।’
भाइ दुर्गा पंगेनीको आग्रह स्विकार्दै ट्विटर छिरेका गायक यतिबेला दैनिक १ घण्टा बढी समय ट्विटरमा विताउँछन्। एकातिर घरमै बस्नुपर्ने बाध्यता अर्कातर्फ ट्विटरको नयाँ स्वाद पंगेनीको दैनिकी बनेको छ। साथमा परिवारसँगै बस्ने, घरको काममा सहयोग गर्ने अनि पुस्तक पढ्ने जस्ता काम पनि पंगेनीको होम क्वारेन्टाइनको समय बितिरहेको छ।
‘एक हिसाबले ट्विटर गज्जब नै हुने रहेछ। तर, यहाँ पनि अन्य एप्स प्रयोगकर्ताहरू झैं नक्कली आइडी बनाएर अनेकन विषयहरू पोष्ट गर्नेरहेछन्। यस्ता प्रयोगकर्तालाई फिल्टर गरेर प्रगोग गर्ने हो भने, ट्विटर केही विशेष नै छ,’ पंगेनी थप्छन्,‘थोरै दिनको अनुभवका आधारमा केही प्रयोगकर्ताले व्यक्तिगत विचारलाई पनि राजनीतिक रूपमा लिएको पाएँ। तर, म राजनीतिक विचारबाट अलग एक कलाकार हुँ, कलाकारकै रूपमा हेर्न आग्रह गर्दछु।’
पंगेनी ट्विटरका विषयमा अन्तमा थप्छन्, ‘फेसबुक, ट्विटर, इन्स्टाग्राम वा अरू जुनसुकै माध्यममा जोडिए पनि हामी सभ्य बनौं। सभ्य र स्वस्थ बहस गरौं, यसले हामी सबैलाई भलो गर्छ।
केही रचनात्मक र सृजनात्मक कार्य पनि भइरहेका छन्? भन्ने प्रश्नमा भने पंगेनी मौन छन्। ‘त्यस्तो त केही छैन। देशको परिस्थिति नै उपयुक्त छैन। अब के होला, के होला भन्ने अवस्था छ। योजनाहरू छन्, तर कहिले के गर्ने भन्ने टुङ्गो छैन।’
केही रचनात्मक र सृजनात्मक कार्य पनि भइरहेका छन्? भन्ने प्रश्नमा भने पंगेनी मौन छन्। ‘त्यस्तो त केही छैन। देशको परिस्थिति नै उपयुक्त छैन। अब के होला, के होला भन्ने अवस्था छ। योजनाहरू छन्, तर कहिले के गर्ने भन्ने टुङ्गो छैन।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment