- Get link
- X
- Other Apps
- मनाेज न्याैपाने फागुन २६, २०७६ | सोमबार | काठमाडौं

फागु पूर्णिमा (होली) अर्थात् रङहरूको पर्व। सर्वसाधारण, कलाकार सबैले यसलाई उमङ्गका साथ मनाउने गर्छन्। तर, यो वर्ष उमङ्ग बोकेर होली आएन।
अघिल्ला वर्षमा आफन्त छिमेकी अनि साथीभाइमाझ फागु पूर्णिमा रङ्गहरूको उमङ्ग बोकेर आउँथ्यो। तर, यस वर्ष त्यो हुन सकेन।
सहरका गल्लीमा होस् या चोकमा होलीको रौनक केही फरक हुन्थ्यो, केही विशेष हुन्थ्यो। तर, यस वर्षको होली सुनसानप्रायः छ। विभिन्न रङका पोका र हातमा लोला लिएर काठमाडौंका बीच सडकमा देखिने भिडभाड यो वर्ष छिटफुटबाहेक देखिएन। सामाजिक सञ्जालमा होलीको माहौल देखिएपनि बजार क्षेत्रमा भने होली खेल्नेको संख्या विगतको तुलनामा न्यून मात्र छ।
सहरका गल्लीमा होस् या चोकमा होलीको रौनक केही फरक हुन्थ्यो, केही विशेष हुन्थ्यो। तर, यस वर्षको होली सुनसानप्रायः छ। विभिन्न रङका पोका र हातमा लोला लिएर काठमाडौंका बीच सडकमा देखिने भिडभाड यो वर्ष छिटफुटबाहेक देखिएन। सामाजिक सञ्जालमा होलीको माहौल देखिएपनि बजार क्षेत्रमा भने होली खेल्नेको संख्या विगतको तुलनामा न्यून मात्र छ।
चर्चित सेलेब्रिटीसहित होली विशेष कार्यक्रम आयोजना गर्ने आयोजक यस वर्ष चुपचाप छन्, गुमनाम छन्। प्रदर्शनको संघारमा रहेका फिल्मको चर्को प्रचारप्रसार गर्नेे दिन होली त्यो पनि अवरुद्ध छ।
यस पटक सरकारले नै होली नमनाउन औपचारिक सूचना प्रवाह गरेको थियो, जसको प्रभाव प्रत्यक्ष देखिएको छ। विश्वमा त्रास मच्चाइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले होली नमनाउनु भनेको हो। यो असर सर्वसाधारणमा मात्र नभएर कलाकर्मीमा पनि परेको छ। सधैं विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि व्यस्त हुने कलाकार यो वर्ष अधिकांशले घरमै रहेको प्रतिक्रिया दिएका छन्।
होलीमा विगत जस्तो भीडभाड र भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रङ दल्ने, अबिर दल्नेलगायत कार्य जोखिमपूर्ण हुने हुँदा उक्त कार्य नगर्न/नगराउन सरकारको अनुरोध अनुसारै होलीका कार्यक्रम आयोजना नगरेको बताउँछन् कलाकार किरण केसी।
‘स्वास्थ्यभन्दा ठूलो रमझम होइन, विश्वमा जसरी कोरोनाको सन्त्रास छ, त्यसैगरी हाम्रो देशमा पनि छ। यसबाट बच्न सरकारले चालेको कदममा हाम्रो पनि साथ छ,’ कलाकार केसीले थपे, ‘हामीले सधैं वानेश्वरमा होली विशेष कार्यक्रम आयोजना गर्ने गरेका थियौं, यस वर्ष रद्द गर्यौं। त्यसैले निधारमा थोरै अबिर लगाएर गेट ८-१० जनाको टिममा गेट टुगेदरमा मात्र सीमित छौं।’
वर्षा राउत, निर्मल शर्मा, सुरेन्द्र केसी, नरेन्द्र प्यासी, देवेन्द्रमान सिंहलगायत केही कलाकारले सँगै भेटघाट/‘गेट-टुगेदर’मै होलीलाई यस वर्षको होली मनाएको केसीले नेपालन्युजसँग भने।
आफ्नो जीवनकालमा यस्तो सन्नाटाले भरिएको होलीको अनुभूति भने कहिल्यै नगरेको उनले बताए। ‘एक प्रकारले दुःख लागेको छ। जन्मेको ५-६ वर्षपछिका सबै होली उल्लासमय थिए, तर यो वर्ष विपद्् आइलाग्यो। हर्षोल्लाससाथ रङ्गहरूको पर्व होली मनाउन पाइएन, तर चित्त बुझाउनैपर्यो।’
०००
अधिकांश वर्ष आफ्नै घरमा होली विशेष कार्यक्रमको आयोजना गर्दै आएकी अभिनेत्री करिश्मा मानन्धर यस वर्ष कार्यक्रम नै रद्द गरिन्। विश्वभर फैलिएको कोरोना प्रभावलाई मध्यनजर गर्दै उनले कार्यक्रमका लागि छुट्याएको रकमसमेत अन्यत्र सहयोग गरिनन्।
उनी आज होली विशेषका दिन आफ्नै घरमा सामान्य ‘गेट-टुगेदर’मा मात्र सीमित छिन्। ‘म आफ्नै घरमा छु, थोरै साथीभाइसँग खानपिन भेटघाट मात्र छ, होलीको उमङ्ग भने छैन,’ करिश्माले भनिन्।
उनी आज होली विशेषका दिन आफ्नै घरमा सामान्य ‘गेट-टुगेदर’मा मात्र सीमित छिन्। ‘म आफ्नै घरमा छु, थोरै साथीभाइसँग खानपिन भेटघाट मात्र छ, होलीको उमङ्ग भने छैन,’ करिश्माले भनिन्।
०००
अभिनेत्री रेखा थापा पनि यस वर्षको होली केही खल्लो भएको महसुस गछ्र्रिन्। ‘हामी सबैलाई थाहा छ, विश्वभरको महामारी कोरोना भाइरस! त्यसैले स्वास्थ्य सुरक्षा अपनाउनैपर्यो। त्यसैले, अधिकांश परिवार घरमै होली मनाउँदै हुनुहुन्छ।’
रेखा आफू भने होलीलाई विशेष बनाउन केही साथीहरूसँग घुम्न निस्किएकी छन्, ‘यो सन्त्रासका बीच हामी केही साथीहरूसँग मिलेर हाइकिङमा निस्किएकी छु। होली ‘सेलिब्रेट’ पनि हुने केही आनन्द पनि महसुस नहुने।’
०००
आज हाँस्य कलाकार मनोज गुजरेल आफ्नै घरमा छन्। सधैं विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनपुग्ने गजुरेल रङहरूको पर्वमा घरमै बसेर रमाइरहेछन्।
‘म घरमै छु, सधैं अरुका अनुहारमा, तनमा रङ दलेर खुसी हुने हाम्रो मनलाई आज रङ नदलेरै खुसी बनाउने प्रयासमा छु,’ उनी कोरोना भाइरसको प्रभावको कुरा झिक्दै भन्छन्,‘आज म मात्र होइन, धेरै नेपाली आफ्नै ‘क्वारेन्टाइन’मा छौं। अब तन रङ्गीन बनाएर मात्र रमाउने होइन कि आफ्नो मनलाई नै रङ्गीन अनि रोमान्टिक बनाउन सिकौं।’
विश्व बजारमा देखिएको कोरोना सन्त्रासबारे केही गम्भीर हुन पनि गजुरेल सम्झाउँछन्। ‘कल्पना गरेको थिएँ कि मानवले प्रकृतिमाथि गरेको दोहनको सजाय एक दिन भोग्नुपर्नेछ। तर, हाम्रा दैनिकीमाथि यति चाँडो आक्रमण हुन्छ भन्ने लागेको थिएन। यो विश्व ब्रह्माण्डमा मानवले नै निम्त्याएको एउटा रुप हो,’ उनी सुझाउँछन्, ‘प्रकृति संरक्षणतर्फ पनि सोचौं, यो चुनौती होइन, अवसरका रूपमा बदलौं’।
उल्लिखित मात्र होइन, अन्य कलाकारहरू दीपाश्री निरौला, शिवहरि पौडेल, अर्जुन घिमिरे (पाँडे), गायिका शान्तिश्री परियार लगायत पनि होली घरमै मनाउँदै छन्।
यस वर्ष कोरोनाको सन्त्रासले कलाकारको होलीमा सन्नाटा छाएको छ। कोरोना भाइरसका कारण रङ्गीन फागु पूर्णिमा कलाकारका लागि मात्र होइन, सर्वसाधारणका लागि पनि बेरङ्गी बनेको छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment