- Get link
- X
- Other Apps

फिल्म ‘प्रेम गीत ३’ यतिबेला धमाधम छायाङ्कन भइरहेको छ। काठमाडौंको कीर्तिपुरमा एक सेट तयार गरी फिल्मको ‘इन्डोर’ छायाङ्कन १९ दिनदेखि जारी छ।
फिल्ममा समावेश गरिने ४५ प्रतिशत दृश्य इन्डोर हुने भएकाले ठूलो खर्चमा स्क्रिप्टअनुसार सेट तयार पारिएको निर्माता सन्तोष सेन बताउँछन्। फिक्सनमा आधारित फिल्मको हालसम्म ४० प्रतिशत छायाङ्कन सकिएको र बाँकी ५ प्रतिशतका लागि केही दिन लाग्ने उनले बताए।
यसपछि भने ५५ प्रतिशत ‘आउटडोर’ छायाङ्कनका लागि हिमालपारीको जिल्ला मनाङको लोमान्थाङ क्षेत्र र त्यहाँका विभिन्न रमणीय क्षेत्रमा जाने फिल्म युनिटको तयारी छ।
‘छ माया छपक्कै’ पछि सुस्ताएको फिल्म बजारमा ‘प्रेम गीत ३’लाई अपेक्षित प्रोजेक्टका रूपमा हेरिएको छ। निर्माण घोषणाबाट नै चर्चामा रहेको फिल्मको हल्लाअनुसारको कन्टेन्ट (विषयवस्तु) तयार नहुने हो कि भन्ने शंका पनि फिल्म बजारमा चल्न थालेको छ।
यद्यपि, यस विषयमा निर्माता सेन सचेत देखिन्छन्।
‘बजारमा फिल्मको हल्ला ठूलो भएर मात्र हुँदैन। त्यसभित्रको विषयवस्तुले पनि ठूलो अर्थ राख्छ। स्क्रिप्ट, प्रस्तुति तथा प्रस्तुति शैली सबै कुरा महत्वपूर्ण हुन्छन्। त्यसका लागि प्रेम गीत ३ युनिट पूर्णरूपमा क्रियाशील भएर काम गरिरहेको छ,’ निर्माता सेनले नेपालन्युजसँग भने, ‘दर्शकमा एक प्रकारको अपेक्षा रहनु स्वाभाविक हो। त्यो अपेक्षा पूरा गराउन सक्नु हाम्रा लागि चुनौती हो। तर, त्यसका लागि सकेको मिहेनत गरिरहेका छौं।’
करिब ३ करोड रुपैयाँको लगानीमा फिल्म तयार हुन्छ भन्ने अनुमानमा फ्लोरमा गए पनि उक्त लगानी बढ्नसक्ने सङ्केत देखिएको सेन बताउँछन्। यद्यपि, फिल्म निर्माणमा कुनै सम्झौता गर्ने सोचमा उनी छैनन्।

पछिल्लो समय बक्स अफिसमा सफल फिल्मका नाममा ‘सिरिज’ बनाउने क्रम बढ्दो छ। यो अभ्यास फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर’, ‘नाई नभन्नु ल’, ‘कबड्डी’लगायतले गर्दै आएका छन्। र, यही अभ्यासमा छ फिल्म ‘प्रेम गीत ३’।
यसरी, फिल्म बजारमा एउटै नामलाई निरन्तरता दिनुले ब्रान्डको काम गर्ने र ब्रान्डले सहजै दर्शक तान्ने अधिकांशको बुझाइ छ। तर, त्यो बुझाइ गलत भएको बताउँछन् निर्माता सेन।
‘ब्रान्ड भन्दैमा कन्टेन्टमा कन्जुस्याइँ गर्ने कुरा आउँदैन। यदि म प्रेम गीतलाई ब्रान्डकै रूपमा लिन्थें भने, पोखराबाट काठमाडौंको एउटा जर्नी तयार गरेर ब्रान्ड बिकाउँथे होला नि! तर, त्यसो नगरेर फिल्म निर्माणमा डेडिकेटेड (समर्पित) भएर लागेका छौं। हामी नेपालीले पनि केही फिक्सन जनरामा रहेर राम्रो फिल्म बनाउनुपर्छ भनेर लागेका छौं। विश्वास छ, कन्टेन्ट बलियो नै बन्नेछ।’
अभिनेता शिव श्रेष्ठ, प्रदिप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, अनुभव रेग्मीलगायतको मुख्य अभिनय रहने फिल्मलाई निर्माता सेन र छेतेन गुरुङले संयुक्तरूपमा निर्देशन गरिरहेका छन्। चैत २८ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्मको कथावस्तु भने निर्देशक गुरूङले तयार गरेका हुन्।

Comments
Post a Comment