- Get link
- X
- Other Apps
- मनोज न्यौपाने माघ ९, २०७६ | बिहीबार | काठमाडौं

नेपालमा पछिल्लो समय फिल्म निर्माणमा सुस्तता छाएको छ। यद्यपि, फिल्मसम्बन्धी अन्य गतिविधि भने बढेको पाइन्छ।
त्यसमध्ये सबैभन्दा बढी फस्टाएको छ- अवार्ड वितरण कार्यक्रम। पछिल्लो समय निजीस्तरका अवार्ड कार्यक्रम बारम्बार हुने गरेका छन्।
त्यसमध्ये सबैभन्दा बढी फस्टाएको छ- अवार्ड वितरण कार्यक्रम। पछिल्लो समय निजीस्तरका अवार्ड कार्यक्रम बारम्बार हुने गरेका छन्।
देश तथा विदेशमा दिनानुदिन अवार्ड कार्यक्रम घोषणा भइरहेका छन्। यसले सिंगो मनोरञ्जन क्षेत्रको सम्मानमा आँच आइरहेको स्रष्टाहरू स्वयंले नै गुनासो गर्दै आएका छन्।
मिडियाले पनि फिल्मी गतिविधिलाई ‘फिल्टर’ गरेर कसलाई बढी र कसलाई कम प्रथामिकता दिने भन्नेमा ध्यान नदिएकोे उनीहरूको गुनासो छ।
केही दिनअघि दसौं संस्करणको ‘नेफ्टा अवार्ड’ घोषणापछि अभिनेत्री नीता ढुंगानाले अवार्ड कार्यक्रमहरूप्रति नै असन्तुष्टि जनाइन्। ढुंगानाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कतिपय नेपाली अवार्ड कार्यक्रमले आफूलाई लज्जित बनाउने गरेको बताएकी थिइन्।
‘म सानो मान्छे धेरै बोल्दा उचित हुँदैन होला, जे भइरहेको छ ठिकै छ जस्तो लाग्छ। तर, जति अवार्ड कार्यक्रम भइरहेका छन्, चाहिनेभन्दा धेरै भइरहेका छन्,’ अभिनेत्री ढुंगानाले आमदर्शकमा अवार्डको गरिमा घटेको उल्लेख गर्दै भनिन्, ‘जसले पनि अवार्डको आयोजना गर्ने गरेका छन्, यसबाट आमदर्शक–स्रोतामा अवार्डको विश्वसनीयता गुमिरहेको छ।’
देश तथा विदेशमा दिनानुदिन अवार्ड कार्यक्रम घोषणा भइरहेका छन्। यसले सिंगो मनोरञ्जन क्षेत्रको सम्मानमा आँच आइरहेको स्रष्टाहरू स्वयंले नै गुनासो गर्दै आएका छन्।
‘राम्रो अवार्डबाट सम्मानित भए पनि त्यसप्रति गर्व गर्न सकिने अवस्था छैन किनकि जहाँ त्यहीँ अवार्ड छन्ं,’ अवार्ड कार्यक्रमको औचित्यमाथि प्रश्न गर्दै नीता थप्छिन्, ‘कतिपय अवार्डहरू यस्तो छन् कि, आफूले पाउँदा पनि दिक्क लागेर आउँछ। बरु नपाएको भए हुन्थ्यो भनेझैं हुन्छ।’
नेपालमा यस्ता इज्जत बोकेका अवार्ड कार्यक्रम चाहिँ हुन जरुरी रहेको उनको धारणा छ। ‘अवार्ड पाउँदा गर्व महसुस हुनुपर्छ, वेस्ट एक्टरको अवार्ड पाएँ है भनी गर्वानुभूति हुनुपर्छ’ उनले गुनासो पोखिन्।
यस्तै, वरिष्ठ अभिनेता नीर शाहले पनि नेपालमा हुने गरेका फिल्मसम्बन्धी अवार्ड कार्यक्रममाथि प्रश्न उठाएका छन्।
नेपाली फिल्म क्षेत्रमा फिल्मी गतिविधिभन्दा धेरै फिल्मसम्बन्धी कार्यक्रम हुन थालेकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
शाहले गत बिहीबार नेपाल पर्यटन बोर्डमा ‘निफ फिल्म फेस्टिभल’का लागि आयोजित एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा फिल्मभन्दा धेरै फिल्मी गतिविधि हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन्। त्यसमा पनि सञ्चार क्षेत्रले भए–गरेका प्राज्ञिक तहका कार्यक्रम ‘ओभर हाइट’ गरेको उनको गुनासो थियो।
नेपाली फिल्म क्षेत्रमा फिल्मी गतिविधिभन्दा धेरै फिल्मसम्बन्धी कार्यक्रम हुन थालेकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
शाहले गत बिहीबार नेपाल पर्यटन बोर्डमा ‘निफ फिल्म फेस्टिभल’का लागि आयोजित एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा फिल्मभन्दा धेरै फिल्मी गतिविधि हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन्। त्यसमा पनि सञ्चार क्षेत्रले भए–गरेका प्राज्ञिक तहका कार्यक्रम ‘ओभर हाइट’ गरेको उनको गुनासो थियो।
कार्यक्रममा बोल्दै शाहले भने, ‘यो नेपालमा उदेकलाग्दो के हुन थाल्या छ भने फिल्मभन्दा फिल्मसँग सम्बन्धित कार्यक्रम बढी हुन्छन्, अवार्डकै कुरा गर्ने हो भने पनि यति धेरै हुन थाले कि अवार्ड लिन जानेहरूले नै पाउने समय मिति स्थानलगायत त्यो समारोहलाई नै बिर्सन थाले।’
हरेक सार्वजनिक कार्यक्रममा नेपाली फिल्म क्षेत्रप्रति चिन्ता व्यक्त गर्ने शाहले उक्त कार्यक्रममा पनि यस क्षेत्रमा हुने गरेका नकारात्मक पाटो केलाउन भ्याए।
‘हुन त केही प्राज्ञिक गतिविधि पनि नभएका होइनन्। जसले फिल्म उद्योगलाई माथि पु¥याउन सघाउँछन् पनि, तर, यहाँ अन्य थुप्रै किसिमका कार्यक्रम हुने गरेका छन्। जुन विषय ‘ओभर हाइट’ भएका छन्। ती कार्यक्रमले डिमान्ड गरेकोभन्दा बढी सञ्चारक्षेत्रले प्रचार गरेको पाइन्छ,’शाहले सञ्चार क्षेत्रका क्रियाकलापप्रति असन्तुष्टि जनाए।
‘अवार्ड पाउँदा गर्व महसुस हुनुपर्छ, वेस्ट एक्टरको अवार्ड पाएँ है भनी गर्वानुभूति हुनुपर्छ।’
प्राज्ञिक तहका गतिविधिहरू भने आवश्यकताभन्दा पनि कम प्राथमिकतामा पर्ने गरेका उनको भनाइ छ। ‘सञ्चार क्षेत्रले यस्ता विषयलाई ‘अन्डर हाइट’ गर्ने गरेको पाइन्छ,’ उनले भने।
कलाकार शाहले नेपाली फिल्म क्षेत्रको उत्थानका लागि ‘निफ’ जस्ता महोत्सवलाई सञ्चार क्षेत्र र सिंगो फिल्म क्षेत्रले साथ र सहयोगका साथ सम्पन्न गर्नुपर्ने सुझाव पनि राखे।
यस्ता अवार्ड कार्यक्रम वा अन्य गतिविधिभन्दा प्राज्ञिक गतिविधिलाई बढी प्रथामिकतामा राख्नुपर्ने दायित्व सबैको भएको शाहको भनाइ छ।
नेपालमा हुने गरेका फिल्मभन्दा फिल्मसँग सम्बन्धित अन्य गतिविधिबारे कलाकार नीर शाह र नीता ढुंगाना मात्र होइन, अधिकांश कलाकारले प्रश्न उठाउने गरेका छन्। यद्यपि, फिल्मसम्बन्धी अन्य कार्यक्रममा चाहिँ कमी आएको पाइँदैन। पछिल्ला अवार्ड समारोह हेर्ने हो भने दीपकराज र दीपाश्री निरौलाद्वारा निर्माण भएका फिल्म, ‘छक्का पञ्जा सिरिज...’ ले धेरै अवार्ड प्राप्त गरिरहेका हुन्छन्। यद्यपि, उक्त अवार्ड कार्यक्रममा फिल्मका मुख्य हिस्सेदार कलाकार दीपकराज नै उपस्थित भएको देखिँदैन। नेपाली अवार्ड कार्यक्रमप्रति आफूलाई वितृष्णा जाग्ने गरेको उनी सुनाउँछन्।
नेपाली अवार्ड कार्यक्रमप्रति कुनै चासो र चिन्तन नभएको बताउँदै दीपकराज भन्छन्, ‘नेपालमा हुने गरेका अवार्ड कार्यक्रम प्रायः खराब नियतले खराब जुरीहरू राखेर खराब प्रक्रियाका आधारमा गरिने खराब समारोह हुन्।’
दीपकराज थप्छन्,‘म नेपाली अवार्ड समारोहमा कुनै चासो राख्दिनँ किनकि त्यहाँ समकालीन विषय बुझ्ने क्षमताका जुरीहरू राखिँदैन। आफंैमा म्याद गुज्रिएका जुरीहरूले कसरी फिल्मी परिवेश बुझ्न सक्छन्?’
यता, रेडियो कान्तिपुरका स्टेसन म्यानेजर निर्देशक तथा कलाकार दिनेश डिसी पनि नेपालमा धेरै नै अवार्ड कार्यक्रम हुने भएकाले कलाकारमा एक प्रकारको वितृष्णा जागेको तर्क राख्छन्।
‘हामी धेरै विषयमा संक्रमणकालीन अवस्था’मा छौं। यस हिसाबमा हुने गरेका अवार्ड कार्यक्रम कतिपयबाट वितृष्णा हुनु स्वभाविक हो। यद्यपि, केही संस्थागत अवार्ड कार्यक्रम पनि छन्, जसले कलाकारलाई प्रोत्साहन गरिरहेको हुन्छ।’
दिनेशका अनुसार अवार्ड प्रदान गर्ने निश्चित समय र मापदण्ड आफ्नै किसिमका छन्। अघिल्लो वर्षको अवार्ड यस वर्षको ६ महिना वा वर्ष दिनपछि हुने गर्छन्।
यसले गर्दा नयाँ विषय राम्रा हुँदा-हुँदै पनि पुराना विषयलाई अवार्डमा समावेश गरिएको हुन्छ। यस्ता तत्वले गर्दा पनि स्रष्टाहरूको मनोविज्ञानमा असर परेको हुन सक्छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment