
कोरोना कहरले विश्व यतिबेला चिन्तित छ। चिन्तित छन् सहर, सडक अनि मजदुरहरू...। मानिस र अर्थतन्त्रलाई चलायमान बनाउने यातायात क्षेत्र पनि उस्तै सुनसान छ, अत्यावश्यकबाहेक।
कोरोना भाइरसले मान्छेबाट मान्छे नै टाढिन अह्राएको छ। अनि सडक केका लागि, यातायात केका लागि? त्यही भएर होला सधैं कोलाहलपूर्ण रहने राजमार्गहरू यतिबेला सुनसान छन्, मौन छन्।
छिटफुट बाहेकका सवारी गुड्दैनन्। सडक किनाराका रूखमा निर्वाध चराहरू रमाइरहेका छन्, कुकुरहरू सुतिरहेका छन् अनि गाईवस्तु, बाख्रा पनि सडकमा बेपर्वाह छन्।
गत बिहीबार यस्तै अनुभूति लिएर म झापाको दमकबाट काठमाडौं आइपुगे। म मोटरसाइकलमा एक्लो त थिइँन, तर सडकको मौनताले एक्लो बनायो। पहिलो अनुभूति, यस्तो सुनसानको यात्रा मैले कहिल्यै गरेको थिइँन। सीमा क्षेत्रमा प्रहरीको चेकजाँच, बजार क्षेत्रमा सामान्य चहलपहल, एम्बुलेन्स, प्रहरी भ्यान, पेट्रोलियम ट्याङ्कर अनि खाद्यान्न र तरकारी बोक्ने छिटफुट ट्रकबाहेकका सवारीसाधन गुडेका थिएनन्।
आँखाले भ्याएसम्म सडक रित्तोे–रित्तो देखिन्थ्यो। हामी मोटरसाइकल जहाँ-जहाँ रोक्थ्यौं, त्यहाँ मौनता थियो, चराहरूको चिरबिर आवाज सुनिन्थ्यो। हावाका झोँकाले घचघच्याउँथ्यो।
झापाको दमकबाट काठमाडौंसम्मको यही यात्राका क्रममा लिइएका केही तस्बिर:
प्रकाशित: Apr 26, 2020 | 15:39:01










Comments
Post a Comment